१३ बैशाख २०८१, बिहीबार

नेपाल कम्युनिस्ट पार्टी उदयपुरको दोस्रो पूर्ण बैठक सम्पन्न

0

 

उदयपुर: नेपाल कम्युनिस्ट पार्टी उदयपुर जिल्लाको तेस्रो जिल्ला सम्मेलन पछिको दोस्रो पूर्ण बैठक सम्पन्न भएको छ ।

उक्त बैठकमा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा बैठकका प्रमुख अतिथि उदयपुर, ओखलढुंगा जिल्लाका जिल्ला इन्चार्ज विवेक कुमाल र जिल्ला सचिव लक्ष्मण पौडेयालको अध्यक्षतामा बसेको बैठकले असोज २५ गतेदेखि ३१ गतेसम्म हुन्ने पार्टीको ९ औँ महाधिवेशनलाई केन्द्रित गर्दै बैठक सम्पन्न भएको छ ।

बैठकको शुरुमा १० वर्से जनयुद्धका महान सहिदहरु र एकीकृत जनक्रान्तिका महान सहिदहरुप्रति १ मिनेट भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै घाइते तथा बेपत्ता योद्धाहरुप्रति स्मरण र सम्मान गर्दै बैठक शुरु भएको थियोे ।
उक्त बैठकमा उपस्तिथित सम्पूर्ण जिल्ला कमिटी सदस्यहरुले आ-आफ्नो कार्य क्षेत्रमा गरेको सम्पूर्ण कामको रिपोर्टिङ राखेका थिए ।
बैठकमा उठेका प्रश्नहरुमाथि प्रशिक्षणात्मक मन्तव्य राख्दै बैठकका अतिथि तथा उदयपुर इन्चार्ज विवेक कुमालले असोज १ गतेबाट पार्टीको ९ औं महाधिवेशन काठमाडौँमा उद्घाटन हुने भनिएता पनि देशमा भएको राष्ट्रिय परिस्थितिमा फेरबदल भएको कारणले रोकिएको जानकारी गराउँदै उनले यही असोज २५ देखि ३१ गते सम्म कपिलवस्तुमा हुने जानकारी गराए । उनले पार्टीको नवौँ महाधिवेशन भव्य रुपमा सफल पार्नको लागि व्यापक रुपमा जिल्लामा जनपरिचालन गर्ने र प्रचार प्रसारलाई तिब्रता दिन आग्रह गर्दै राज्य र अन्य पार्टीका केही भरौटेहरुले आफ्नाे पार्टीप्रति गर्ने गलत प्रचार प्रसारको विरुद्धमा जस्तोसुकै परिस्थिति आए पनि पछि नहट्न र ड्टेर सामना गर्दै अगाडि बढ्न पार्टीको जिल्ला समिति सदस्यहरुलाई निर्देशन दिएका थिए ।
अन्त्यमा बैठकका अध्यक्ष तथा जिल्ला सेक्रेटरी लक्ष्मण पौडेयालले ९ औं महाधिवेशनमा जिल्लाबाट जाने प्रतिनिधि, पर्यवेक्षक सदस्यहरुको नाम प्रस्ताव गरे र जिल्ला समितिले पास गरि ९ औं महाधिवेशनको प्रतिनिधि पर्यवेक्षक चयन गर्ने काम गरियो ।
उनले जिल्लामा आउने समस्याहरुलाई पहिचान गर्दै आगामी दिनमा पार्टीलाई अगाडि बढाउन सबै जिल्ला समिति सदस्यहरु लगाएत आफुले गर्नुपर्ने जिम्मेवारीप्रति अडिग रही जिल्ला पार्टीलाई अगाडि बढाउने र देश र जनताले पार्टीप्रति गरेको विश्वासलाई मर्न नदिने प्रतिबद्धता गर्दै बैठक समापन गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।