१६ चैत्र २०८०, शुक्रबार

सामना साँस्कृतिक परिवारको जनजागरण अभियान शुरू

0

काठमाण्डौ । नेपाल कम्युनिस्ट पार्टीको दोश्रो पुर्ण वैठकले संघ र प्रदेशको निर्वाचन सशक्त खारेज गर्ने निर्णय संगसँगै जवस मोर्चाहरू पनि आ-आफ्ना जीम्वेवारीमा खटाएको छ ।

त्यसै गरि केन्द्रीय सामना परिवार मंहगी, भ्रष्टाचार, राष्ट्रघात र दलाल संसदीय निर्वाचन लाई खारेज गर्ने अभियान सहित जनजागरण अभियान २०७९ सुरु गरेको छ । नेपाली जनता, नेपाल राष्ट्र र सामना परिवारको भिन्नै परिचय छ ।

आम नेपाली नागरिकहरूको हरेक दुःख कस्टहरूमा सामना अग्रभागमा लड्छ अगाडि वढ्छ । सामाजिक साँस्कृतिक विचलन र प्रभावमा होश वा सिमा अतिक्रमण र राष्ट्रिय स्वाधिनताको संकटमा होश, महङ्गी भ्रष्ट्राचार कालोवजारी नै किन नहोश नेपाली जनतामाथीको अन्याए अत्याचार विभेद अनि दमनको विरूद्ध आ-आफ्ना कला र साधनाकासाथ जाईलाग्छ ।

हो त्यसरी नै राज्यले संचालन गर्नलागेको मंसिर ४को संघ र प्रदेशको निर्वाचन, राष्ट्रघाती एम सी सी, यश पी पी लगायतका सम्झौटा खारेजको लागि पनि जनता जगाउन अभियान शुरू गर्न लागेको सामाना परिवारले जनपत्रिकालाई जानकारी दिएको छ ।

देश व्यापी अभियान सानदार र प्रभावकारी वनाउन सवैलाई सचेत जागरुक गराउनका लागी सम्पुर्ण नेपाली सर्वहारा वर्ग, उत्पीडित जनसमुदाय, शिक्षक, वुद्धीजीवी, वकिल, विध्यार्थी, उध्योगी व्यवसायीमा साथ र सहयोगको लागि अपिल गरेको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।