७ बैशाख २०८१, शुक्रबार

नेपाल कम्युनिस्ट पार्टी जिल्ला कमिटी रोल्पाको दोस्रो पुर्ण बैठक सम्पन्न

0

हर्क सी, रोल्पा ।

    नेपाल कम्युनिस्ट पार्टी जिल्ला कमिटी रोल्पाको दोस्रो पुर्ण बैठक जिल्ला सदरमुकाम लिबाङमा बुधबार सम्पन्न भएको छ ।
बैठकले पार्टीको ९औ महाधिबेशनले लिएका निर्णय र लगतै सम्पन्न केन्द्रीय समितिको बैठकले लिएका निर्णयहरू अक्षरस कार्यन्वयन गर्ने निर्णय गरेको छ ।
नेकपा रोल्पाका सेक्रेटरी असिना सीको अध्यक्षतामा भएको बैठकमा नेकपाका पोलिटब्युरो सदस्य सुवास सीको प्रमुख आतिथ्यता रहेको थियो भने बैकल्पिक केन्रद्रीय सदस्यहरू प्रयास सी र दिनेश सी केन्द्रीय प्रतिनिधि सदस्यहरू कुमार सी,बिश्व सी,बिश्लेशन सी र तिकाराम सीको आतिथ्यता रहेको थियो भने पार्टी जिल्ला सदस्य र सल्लाहकारहरूको उपस्थिति रहेको नेकपा रोल्पाले जानकारि दिएको छ ।
स्मरण रहोस नेकपाको असोज २५ गते देखि ३१ गते सम्म कपिलवस्तुमा सम्पन्न पार्टीको ९औ महाधिवेशन ले आसन्न संघ र प्रदेशको निर्वाचन सशक्त खारेज गर्ने निर्णय गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।