६ बैशाख २०८१, बिहीबार

नेकपाद्वारा प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव खारेज गर्ने उद्घोष

0

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले  आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव खारेज गर्ने उद्घोष  गरेको  छ। सो पार्टीको  नवौं महाधिवेशनको निर्णय सार्वजनिक गर्न मंगलबार काठमाडौंको प्रज्ञा प्रतिष्ठान भवनमा आयोवित   पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै   प्रवक्ता प्रकाण्डले सो  उद्घोष  गरेका हुन् ।  प्रवक्ता प्रकाण्डले  सरकारका गलत रवैयाका कारण   चुनाव खारेजीको निति लिनु परेको ठोकुवा गर्दै आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनाबमा जो मान्छे सबैभन्दा भ्रस्ट छन, तिनै मान्छेहरु आफ्ना चुनावी घोषणपत्रमा सम्पत्तिको छनविन गर्ने कुरा गरिरहेको उल्लेख गर्दै यो जनतालाई मुर्ख बनाउने कुरा भएको दावी गरे ।  

प्रवक्ता प्रकाण्डले  चुनाव खारेजी अभियानलाई राज्यले दमन गरे प्रतिरोध गरिने बताए  । उनले एमसीसी पक्षधर दलाल, भ्रष्टाचारी, राष्टघाटी, भुमाफिया, सुदखोर, तस्कर, व्यभिचारीहरुलाई पार्टीले कारवाहीको निशाना बनाउनेसमेत  बताए  ।
प्रवक्ता प्रकाण्डले निर्वाचन खारेजी अभियान ३ बुँदे सहमति कार्यान्वयनका लागी दवाव दिन समेत संघर्षको मोर्चा हुने बताउदै सम्पूर्ण देशभक्त क्रान्तिकारी एवं सच्चा लोकतन्त्रवादीहरुले यो चुनावलाई खारेज गर्नुपर्ने बताए  । उनले   आफ्नो पार्टीले  जनमत संग्रहको कार्यनीति लिएको  तर साम्राज्यवाद र दलालहरुका लागि त्यो  निकै ठुलो भुत सावित भयो उल्लेख गर्दै पार्टीले बैज्ञानिक समाजवादी संघियताको निर्णय लिएको बताए । उनले    पुंजीवादीहरुले भन्ने गरेको लोकतन्त्र पखण्ड मात्रै हो भन्ने कुरा पुस्टि भएको ठोकुवा गर्दै पार्टीले   राष्ट्रिय  स्वाधीनता  र   जनसंघर्षको कार्यनीति अघि सारेको बताए ।

 
  प्रवक्ता प्रकाण्डले  शहिदहरुको सपना पुरा नगरेसम्म  लडिरहने प्रतिबद्धता व्यक्त गरे।  उनले नेकपा  बिश्व क्रान्तिको अङ्ग भएकोले यसको अन्तरास्ट्रिय महत्त्व भएको उल्लेख गर्दै यसलाई रोक्नलाई दलाल तत्वले षड्यन्त्र गरेकोले त्यसविरुद्ध राजनीतिक संघर्ष गर्नु परेको ठोकुवा गरे  ।
 प्रवक्ता प्रकाण्डले  नेकपाको  महाधिवेशनले धेरैलाई खुशी तुल्याएको र  सच्चा लोकतन्त्रवादी देखि देशभक्तहरुलाई उर्जा दिएको ठोकुवा गरे । उनले अहिलेको साम्राज्यवाद सवैखाले अन्तरविरोध उत्कर्समा पुगेको समय भएको उल्लेख गर्दै ०६२/६३ मा नेपालको जनयुद्धले सेटव्याक खाएको कारणले नै आज मुलुक संकटको भुमरीमा  फस्दै गएको ठोकुवा गरे ।

प्रवक्ता प्रकाण्डले  समाज विज्ञानमा नयाँ  विचारको संश्लेसणको आबश्यका छ भन्दै  भौतिक विज्ञानको बिकास अनुसार नै मार्क्सवादी दर्शनमा पनिनयाँ  बिकास जरुरी भएको बताए । उनले  समाजबादी व्यवस्था उत्कृष्ट व्यवस्था हुदा हुदै पनि यसको प्रयोगमा केही  कमजोरीका कारण सबैका लागि लोकप्रिय बनाउन नसकिएको भन्दै त्यसको समाधानका लागि बैज्ञानिक समाजवादको अवधारणा ल्याएको र त्यसको निर्बाचन प्रणालीमा पनि जननियन्त्रण हुने अर्थात एकीकृत निर्वाचन प्रणाली प्रस्ताव गरेको बताए ।
प्रवक्ता प्रकाण्डले पुंजीको उत्पादन जहिल्यै सामाजिक हुने तर पुंजीबादले त्यसलाई ब्यक्तिगत बनाएको र त्यसैको बलमा मानव प्राणिलाई शोषण दमन गरिरहेको उल्लेख गर्दै सामुहिकरुपमा उत्पादन गरिने पुंजीमाथि स्वामित्व पनि सामुहिक हुनुपर्ने बताए  ।
उनले  समाजबादको पहिलो चरणमा पुंजीमाथिको निजि स्वामित्वलाई पनि स्थान दिईने  र त्यसलाई  अब एकीकृत अर्थ प्रणालीको प्रस्ताव गरेको उल्लेख गर्दै  यसवारे बहस छलफल होस भन्ने चाहेको बताए ।
प्रवक्ता प्रकाण्डले  कम्युनिस्ट पार्टीभित्र देखा पर्ने विभिन्न प्रवृतीहरु मध्ये कुन सहि र कुन गलत के हो भन्ने बारे तथ्यको आधारमा रुपान्तरण गर्ने दृष्टिकोण अगाडि सारेको बताए । उनले एक धुर्विय अमेरिकि विश्व ब्यवस्थाको ठाउमा विश्व अहिले दुई  ध्रुविय र बहु ध्रुविय भएकोले यसलाई  आफ्नो पार्टीले भुमण्डलीकृत  पुंजीवाद भनेको उल्लेख गर्दै  यस विरुद्ध चौथो अन्तरास्ट्रिय निर्माण आबश्यक छ भन्ने पार्टीको निष्कर्ष रहेको बताए ।
उनले जहा शोषण , दमन र अत्याचार धेरै हुन्छ त्यहा नै बिचार र दर्शनको जन्म र बिकास पनि हुन्छ भन्ने कुरा इतिहासका तथ्यहरुले पुस्टि गरेको उल्लेख गर्दै बिश्वक्रान्तीमा नेपालबाट एउटा विचार दिन चाहेको र एकीकृत क्रान्तिको विचार क्रमश विश्वव्यापी हुदै जाने ठोकुवा गरे ।
प्रवक्ता प्रकाण्डले  दास युगिन विशेषताका रुपमा रहेका कतिपय सामाजिक सास्कृतिक मान्यताहरु   बर्गिय , जातिय  र क्षेत्रीय बिभेदहरु बिरुद्ध धावा बोल्न  पार्टीले आ -आफ्ना पुराना जातहरुको ठाउमा साम्यवादी जात ‘सी’  निर्माण गर्ने निर्णय गरेको समेत बताए ।


 

पत्रकार सम्मेलनमा नेकपा स्थायी समिति सदस्य बिषम सीले महाधिवेशनले पास गरेको निर्णय पढेर सुनेका थिए  भने कार्यक्रमको सञ्चालन पिबिएम माइला लामाले गरेका थिए  । 

 

 
 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।