१५ चैत्र २०८०, बिहीबार

पिकनिक गर्दै नेकपा उदयपुरले मनायो पुनर्गठन दिवस

0

उदयपुर: नेपाल कम्युनिस्ट पार्टी उदयपुरले ९ औं पार्टी पुनर्गठन दिवस तथा जनमुक्ति सेना दिवस कार्यक्रम मनाएको छ ।

जिल्लाले समिक्षात्मक बैठक र शुभकामना आदनप्रदान कार्यक्रम साथै नेताकार्यकर्ता र जनतासँग सहकार्य गर्दै गढिगाउँपालिकाको नेपालटार स्थिति पिक्निक स्पोर्ट्समा पिकनिक कार्यक्रमको आयोजना गरि हर्षउल्लासका साथ पार्टी पुर्नगठन दिवस मनाइएको छ ।

कार्यक्रमको प्रमुख अतिथि नेकपा केन्द्रीय सदस्य तथा उदयपुर ,ओखलढुंगा जिल्ला इन्चार्ज विवेक सी र नेकपाका केन्द्रिय सदस्य प्रयास सी तथा अन्य अतिथि एकीकृत समाजवादी पार्टीका केन्द्रिय परिषद सदस्य बेद कुमार घिमिरे, नेपाल कम्युनिस्ट पार्टी एमालेको गढि गाउँपालिकाको अध्यक्ष रुद्र खत्री, नेपाल कम्युनिस्ट पार्टी बहुमतका युवा जनसेवकका केन्द्रिय सदस्य विकल्प र देबि राईको पनि उपस्थिति रहेको थियो।

उक्त कार्यक्रमको प्रमुख अतिथि विवेक सी ले पार्टी २०६९ सालमा पुष्पकमल दाहाल नेतृत्वको नेकपा (एकीकृत माओवादी) बाट विद्रोह गरी मोहन वैद्य ‘किरण’ नेतृत्वमा नेकपा–माओवादी गठन भएको दुई वर्षसम्म क्रान्तिको नयाँ कार्यदिशा तय हुन नसकेपछि २०७१ साल मङ्सिर ८ गते विप्लवको नेतृत्वमा नेकपा पुनर्गठन भएको दिनलाई नेकपाले पार्टी पुनर्गठन दिवसको रूपमा मनाउँदै आएको बताए ।
उक्त कार्यक्रममा बोल्दै उनले देशमा हालै सम्पन्न दलाल पुँजिवादी संसदीय व्यवस्थाकाे निर्वाचनबाट स्वतन्त्र उम्मेद्वारीको नाममा दलाल र विदेशी एजेण्टहरु संसद भित्र प्रवेश गरेको कुरा बताउदै देशमा अझै ठुलो राष्ट्रघात हुने बताए । दलाल पुँजिवादी संसदीय व्यवस्थाकाे निर्वाचनमा जनताले खारेज गरेर देखाई दिएको बताउदै दलालहरुलाई राष्ट्रघाति एम.सि .सि, एस .पि .पि कुनै पनि हालतमा कार्यन्यन गर्न नदिने बताएका थिए।

कार्यक्रममा नेकपा उदयपुर जिल्ला पार्टीलाई पार्टी कार्यालय बनाउनको लागि डेढ कठ्ठा जग्गा दिएर सहयोग गर्नु हुने नेकपाका जिल्ला समिति सदस्य रामकृष्ण सदा र रामबिलाश चौधरीलाई प्रमुख अतिथिबाट खादा लगाएर सम्मान गरेका थिए भने उता नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र परित्याग गरि रोशन कोईराला नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेका थिए ।
उनलाई प्रमुख अतिथि र अतिथिहरुबाट खादा अबिर लगाएर स्वागत गरेका थिए।
पार्टी पुनर्गठन दिवसको अवसरमा एकीकृत समाजवादी पार्टीका केन्द्रिय परिषद सदस्य बेद कुमार घिमिरेले शुभकामना मन्तव्य दिएका थिए भने कार्यक्रमको अध्यक्षता नेकपा केन्द्रिय प्रतिनिधि समिती सदस्य तथा उदयपुर जिल्ला सेक्रेटरी मिन प्रसाद सी ले गरेका थिए । स्वागत मन्तव्य केन्द्रिय प्रतिनिधि समिति सदस्य तथा गढिगाउँपालिका र रौतामाई गाउँपालिका इन्चार्ज जित बहादुर सी ले गरेका थिए भने कार्यक्रम संचालन केन्द्रिय प्रतिनिधि समिति सदस्य तथा चौडन्डिगढि नगरपालिका र बेलाका नगरपालिका इन्चार्ज अमृत सी ले गरेका थिए।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।