१६ चैत्र २०८०, शुक्रबार

नेपालको राजनीति पश्चिमाहरुको प्रभावमा जाने खतरा छ: भगत सिंह

0

भरत दास

२९ माघ , कैलाली /नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य एबम सेती ब्युरो इन्चार्ज भगत सिंहले आजको नेपालको राजनीति , सरकार , अर्थतन्त्र , प्रशासन र सरकार लगाएत समग्र राज्य व्यवस्था पश्चिमाहरुको प्रभाव र नियन्त्रणमा जाने खतरा रहेको बताएका छन।नेकपा पश्चिम दक्षिण कैलाली जिल्लाको प्रथम पूर्ण बैठकमा प्रशिक्षण मन्तव्य राख्ने क्रममा नेता भगत सिंहले यस्तो बताएका हुन।

आइतबार सम्पन्न बैठकमा बोल्दै नेता सिंहले- जनताले संसदीय व्यवस्था फेर्न चाहेकोले जनताको सहि रुपमा नेतृत्व गर्न पार्टी नेता र कार्यकर्ताहरुले संगठन निर्माणमा ध्यान दिनुका साथै जनतासंग जोडिनु पर्ने बताए ।

“दलाल संसदिय व्यवस्थालाई खारेज गर्न र सम्पूर्ण नेपाली जनताको ताकतलाई एक ठाँउमा ल्याउन विचार मिल्नेहरुसंग पार्टी एकिकरण र मुद्दा मिल्नेहरु सङ्ग कार्यगत एकता गर्दै जाने निति बनाएका छौं ” उनले थपे।

जिल्ला सचिव सिताराम सीको अध्यक्षतामा र पार्टीका केन्द्रिय सदस्य तथा सेती ब्यूरो इन्चार्ज भगत सीको प्रमुख अतिथ्यमा आज सम्पन्न बैठकले ३७ सदस्यीय जिल्ला समिति निर्माण गर्नुका साथै मिटरब्याज विरुद्ध फागुन ५ गते प्रदर्शन गर्ने निर्णय समेत गरेको छ।

बैठकमा कैलाली जिल्ला ईन्चार्ज प्रकाश सि लगाएतका नेताहरुको सहभागीता रहेको बताइएको छ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।