१३ बैशाख २०८१, बिहीबार

महङ्गी,चर्को ब्याजदर र मिटरब्याजी विरुद्ध सम्पर्क साधारण शाखाले संघर्ष गर्ने

0

काठमाडौ / नेपाल कम्युनिस्ट पार्टी सम्बद्ध समाजवादी सम्पर्क मञ्च अन्तर्गत साधारण शाखाले देशको राजधानी लगाएत देशभर बढ्दै गएको बैंक तथा बित्तीय संस्थाहरुको चर्को शोषण र मिटर ब्याज बिरुद्ध जनसंघर्षको कार्यक्रम गर्ने निर्णय गरेको छ।शनिबार काठमाडौमा भएको मञ्चको साधारण शाखाको तेस्रो बैठकले यस्तो निर्णय गरेको छ।

साधारण शाखा सेक्रेटरी रत्न सी को अध्यक्षतामा भएको बैठकमा नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य तथा उपत्यका ब्युरो इन्चार्ज कृति सीले नेपाल कम्युनिस्ट पार्टीको ६ महिने पहिलो आवधिक योजना अन्तर्गत महङ्गी, भ्रस्टाचार , चर्को व्याजदर र मिटर ब्याज विरुद्धको आन्दोलनको आबश्यकता र पार्टी दृष्टिकोणबारे प्रशिक्षण सहित जनताको हितमा सेवामूलक काम गर्न निर्देशन दिएका थिए।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।