११ बैशाख २०८१, मंगलवार

सुगौली सन्धिपछि उदाएको नयाँ वर्गको सत्ता नै आजको आर्थिक संकटको कारण हो : अनिल शर्मा

0

धनगढी /नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा प्रकाशन एवम् प्रचारप्रसार बिभाग इन्चार्ज अनिल शर्माले नेपालमा अहिले देखिएको आर्थिक संकटको मुख्य कारण सन १८१६ मा भएको सुगौली सन्धिले जन्माएको दलाल बर्गसंरचना यथावत हुनु र त्यसको आर्थिक सास्कृतिक चरित्रमा परिवर्तन हुन नसक्नु नै मुख्य कारण रहेको बताएका छन।नेपाल कम्युनिस्ट पार्टी सेती ब्युरोद्वारा धनगढीमा आयोजित- नेपालको आर्थिक, राजनीतिक सङ्कट र निदान बिषयक अन्तर्कृयात्मक गोष्टीलाई प्रमुख वक्ताको रुपमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन।

” सबै नीतिहरुको मुख्य नीति राजनीति हो तर राजनीति नै परिवर्तन हुन नसक्दा देशमा आर्थिक संकट आएको हो ,सुगौली सन्धिपछि सत्ता र नीति निर्माणमा जुन वर्गको उदय भयो ,त्यो वर्ग नै अहिलेसम्म सत्ता र शक्तिमा हुँदा देश दलाल पुजिवादको चंगुलमा फस्यो”

उनले भने “केहि समययता पेट्रोलियम पदार्थको मुल्य घटिरहेको छ, सुनको मुल्य पनि घटेको छ, रेमिटेन्स पनि राम्रै छ,पर्यटनमा पनि ठिकै छ तर पनि देशमा आर्थिक संकट किन? यसबारे सरकार र नेताहरु बोल्न सक्ने स्थिति छैन,देशको अर्थतन्त्र १० जनाको कब्जामा रहेको तथ्यांक आइरहेका छन,यसबारे सरकार र नेताहरू किन बोल्न सक्तैनन ?किन कि दिल्ली र वासिङ्गटन रिसाउछ भन्ने उनिहरुलाई भय छ।”

सम्बोधनको क्रममा संकटको अर्थराजनितिक कारण र समाधान तर्फ संकेत गर्दै नेता शर्माले -नेपालमा पटकपटक राजनीतिक आन्दोलन र परिवर्तन भएको भए पनि अर्थतन्त्र र संस्कृतिको परिवर्तन भएन ,नेपालको कुनै व्यवसायीको हातमा देशको सम्पत्ति केन्द्रित भयो भने उसले आफ्नै देशमा कुनै उध्योग ,व्यापार सञ्चालन गर्नसक्छ, रोजगारी दिन सक्लान् तर देशको अर्थतन्त्र कुनै बिदेशीहरुको हातमा केन्द्रित भयो भने देशको हालत के होला? यसबारे अब बहस र छलफल गर्ने कि नगर्ने ? भन्दै बिदेशीको थिचोमिचोका कारण देशको अर्थतन्त्र संकटमा गइरहेको बेला देशभक्त , प्रगतिशील र लोकतान्त्रिक शक्तिहरुले एकता हुनु जरुरी रहेको बताए।

नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य एवम सेती ब्युरो इन्चार्ज भगत सिंहको अध्यक्षतामा भएको अन्तर्कृयामा सुदुरपश्चिम सरकार योजना आयोगका उपाध्यक्ष मोहनदेव बिष्ट, नास्ट कलेजका शिवहरी मुड्भरी, कैलाली बहुमुखी क्याम्पसका सहप्राध्यापक अम्विकेश्वर जोशी, सहप्राध्यापक डा राजेन्द्र वीर चन्द, ग्यालेक्सी स्कुलका सञ्चालक मोहन भट्ट , उद्योग ब्यावसायी कैलालीका महासचिव होम बिष्ट , कानुन ब्यावसायी वीर बहादुर जेठारा नेकपा केन्द्रिय सदस्य तथा महाकाली ब्युरो इन्चार्ज समर सी, जनपत्रकार संगठन नेपालका अध्यक्ष शेरबहादुर बिश्वकर्मा सहितको सहभागिता रहेको थियो।

कार्यक्रममा नेकपा केन्द्रिय सदस्य एण्डिजले स्वागत गरेका थिए , केन्द्रिय प्रतिनिधि समिति सदस्य बिनोद सीले अवधारणापत्रलाई वाचन गरेका थिए भने कार्यक्रमको सञ्चालन नेकपा केन्द्रिय सदस्य बिमल सीले गरेका थिए।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।