३ आश्विन २०८१, बिहीबार

परिवर्तन र माडी गाउँपालिकामा नेकपाको बैठक तथा राजनीतिक प्रशिक्षण सम्पन्न

0

रोल्पा: नेकपाको नवाैँ पूर्ण समितिको पाँचौ पूर्ण बैठक पश्चात् जिल्ला समिति रोल्पाको पहिलो बैठकले निर्णय गरे अनुसार परिवर्तन गाउँपालिका र माडी गाउँपालिकामा गाउँपालिका स्तरीय बैठक तथा राजनीतिक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । जेष्ठ ७ र ८ गते भएका दुबै कार्यक्रममा प्रमुख अतिथि नेकपा पोलिट व्युरो सदस्य आदर्श सीको रहेका थिए र अतिथिमा केन्द्रिय सदस्य तथा रोल्पा जिल्लाकी संयोजक असिना र केन्द्रिय प्रतिनिधि सदस्य तथा पार्टीको जिल्ला सचिव सन्दीप सी रहेका थिए ।

बैठकमा पार्टीका पिबिएम आदर्शले पार्टीको कार्ययोजना तथा निर्णयलाई जसरी पनि कार्यान्वयन गर्नु पर्नेमा जोड दिए । आउने चुनाव २०८४ लाई तार्गेत गरेको, सडकबाट विद्रोह गर्दैगर्दा हिजो पार्टी भुमिगत अवस्थामा पनि गुज्रियो र पटक–पटक चुनावलाई बहिष्कार गरिरहदा पनि जनताले चाहेको नेतृत्व पछि पर्ने कुरालाई स्पस्ट पार्दै चुनावलाई क्रान्तिको लागि प्रयोग गर्ने हिसाबले एक पटक सिद्धान्त र व्यवहार मिल्नेहरुसँग मोर्चा गठन गरी अगाडि बढ्ने बताए ।
त्यसैगरी पार्टीका केन्द्रिय सदस्य तथा रोल्पा जिल्ला इन्चार्ज असिना सीले आफ्नो मन्तव्यमा यो चुनावलाई संघर्षको रुपमा प्रयोग गर्ने र पुजीवाद र साम्राज्यवादको विरुद्ध लड्ने कुरालाई मुख्य विषय बनाउनेमा जोड दिइन् ।

विश्व क्रान्तिको लागि पुजीवाद तयारी अवस्थामा रहेको र यो अवस्थामा नेकपाले के गर्ने भन्ने कुरामा तयारी गर्नु पर्ने बताइन् । उनले भनिन्,’नेपालको राजनीतिमा दशकौ लड्ने योद्धाहरु सडकमा छन् भने रवि जस्ताले सत्ता चलाएका छन् । देश पूरै दलाल र ठगको हातमा गएको छ । नेपालको राजनीतिक सिद्धान्तमै त्रुटि हो भने एकीकृत जनक्रान्तिको विचारलाई जनताबीच लग्ने कार्य गर्नु पर्दछ । अहिलेको पुजीवादले नवउदारवादीको भारी बोकेर आएको छ । यो नवउदारवादीको भारी बोक्नु भनेको साम्राज्यवादको अगाडि लम्पसार पर्नु हो, यो धेरै दिन टिक्दैन । हामी संकिर्ण हुनु गलत हो तर संका गर्नु गलत होइन ।’
कार्यक्रममा सम्पूर्ण गाउँपालिका सदस्यहरुको गौरवपूर्ण सहभागिता रह्यो । जेष्ठ ७ गते परिवर्तन गाउँपालिकामा भएको कार्यक्रमकाे संचालन गाउँपालिकाको सचिव डायमण्ड सीले गरेका थिए भने अध्यक्षता परिवर्तन गाउँपालिका संयोजक प्रज्ज्वल सीको रह्यो भने स्वागत मन्तव्य जिल्ला समिति सदस्य विकास सीले गरेका थिए । जेष्ठ ८ गते यता माडी गाउँपालिकामा भएको कार्यक्रमका संचालन माडी गाउँपालिकाका सचिव अविरल सीले गरेका थिए । अध्यक्षता केन्द्रिय प्रतिनिधि सदस्य तथा रोल्पा जिल्लाको सचिव सन्दीप सीले गरेका थिए भने स्वागत मन्तव्य जिल्ला सचिवालय सदस्य दिनेश सीले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।