२ कार्तिक २०८१, शुक्रबार

नेकपा सुदूरपश्चिमले मुख्यमन्त्री सोडारीलाई ज्ञापन पत्र बुझायो

0

धनगढी । नेपाल कम्युनिष्ट पार्टी सुदूरपश्चिम प्रदेशले विभिन्न मागसहित सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दिर्घ सोडारीलाई ज्ञापन पत्र बुझाएको छ । सोमबार नेपाल कम्युनिष्ट पार्टी सुदूरपश्चिमले १३ वटा मागसहित मुख्यमन्त्री दिर्घ सोडारीलाई ज्ञापन पत्र बुझाएको हो ।

नेपाल कम्युनिष्ट पार्टीका पोलिट ब्युरो सदस्य विकल्प सीको नेतृत्वमा गएको टोलीले गेटामा शहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय अविलम्ब सञ्चालनमा ल्याउनु पर्ने, महाकालीमा निर्माणाधीन सुक्खा बन्दरगाहको काम द्रुत गतिमा अगाडि बढाउनु पर्ने, प्रादेशिक र सबै जिल्ला अस्पतालहरुमा दरबन्दी अनुसारको कर्मचारीको व्यवस्था गरी सर्वसुलभ र प्रभावकारी सेवा प्रदान गरिनु पर्ने माग गरिएको छ ।

 त्यसैगरी शिक्षा, स्वास्थ्य र रोजगारलाई विशेष प्राथमिकता दिई नयाँ कार्ययोजना ल्याउनु पर्ने, भ्रष्टाचार, अनियमितता, ढिलासुस्ती रोक्न सरकारले विशेष पहल गर्नुपर्ने, वन फडानी र नदी उत्खनन रोक्नु पर्ने माग गरिएको छ । त्यसैगरी विकास निमार्णका कामलाई विशेष निगरानी गरी मापदण्ड अनुसार काम गर्न लगाउने, मार्तडी कोल्टी सडक खण्ड उचित बजेटको व्यवस्था गरी तिब्र गतिमा काम सञ्चालन गरिनु पर्ने माग गरिएको छ । खप्तड, बडीमालिका, रामारोशन, बडीकेदार लगायतका पर्यटकीय क्षेत्रको विकास गर्न विशेष योजना बनाई लागु गरिनु पर्ने, बयालपाटा अस्पताललाई प्रदेश सरकारले जिम्मा लिई सञ्चालन गर्नु पर्ने, बाहिरबाट आयात गरिने कृषि जन्यवस्तुलाई निरुत्साहित गरी स्वदेशी कृषि उत्पादनलाई प्रोत्साहन गरिनु पर्ने, पहलमानपुरमा बनेको कोल्ड स्टोरलाई प्रभावकारी रुपमा सञ्चालनमा ल्याउनु पर्ने र युवाहरुलाई स्वदेशमा रोजगारी सृजना गर्न उत्पादन क्षेत्रमा बजेट सुनिश्चित गरी एक टोल एक उत्पादन समुह, एक गाउँ एक उत्पादन सहकारी र युवाहरुलाई रोजगारीको नीति बनाई कार्यान्वयन गर्नु पर्ने लगायत ज्ञापन पत्रमार्फत माग गरिएको छ । ज्ञापन पत्र बुझ्दै सुदूरपश्चिम प्रदेशका मुख्य मन्त्री सोडारीले प्रदेश सरकारले अहिले कृषि उत्पादन गर्ने गरी योजना बनाएको जानकारी गराए । त्यसैगरी बयालपाटा अस्पताल, कोल्ड स्टोरको विषयमा काम गर्न नसकिने अवस्था रहेको जानकारी गराए । बयालपाटा अस्पताल विदेशी संस्थामार्फत सञ्चालनमा रहेको बताउदै मुख्य मन्त्री सोडारीले त्यसैकारण छुट्याइएको ५ करोड पनि कार्यान्वयनमा ल्याउन नसकिएको जानकारी गराए । प्रदेश सरकारको मातहतमा ल्याएर सञ्चालन गर्ने हो भने पनि डाक्टरहरु नबस्ने बताउदै उनले अस्पतालाई प्रदेश सरकार मातहत ल्याउन सके सहयोग गर्ने बाटो खुल्ने बताए । त्यसैगरी केलालीको पहलमानपुरमा रहेको कोल्ड स्टोर पनि प्रा.लि. भएकाले सहयोग गर्न नसकिने अवस्था रहेको मुख्यमन्त्री सोडारीले जानकारी गराए । अन्य मागहरुका विषयमा आफु गम्भिर रहेको बताउदै उनले राखिएका मागहरु सबैका साझा भएकाले पूरा गर्ने गरी लाग्ने प्रतिबद्धता जाहेर गरे ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।