३१ भाद्र २०८१, सोमबार

युवा संगठन गण्डकीले मुख्यमन्त्रीलाई बुझायो १० हजार हस्ताक्षर

0

गण्डकी: युवा संगठन नेपाल गण्डकी प्रदेश समितिले १० हजार हस्ताक्षर आज गण्डकी प्रदेशका मुख्यमन्त्रीलाई बुझाएको छ ।
युवा संगठन नेपालको पाचौं केन्द्रिय समितिकाे दोस्रो पूर्ण बैठकले लिएका महत्त्वपूर्ण निर्णयलाई कार्यन्वयन गर्दै जातिय विभेदका कारण विभिन्न किसिमका हत्या, हिंसा विकृति, विसङ्गति समस्याको समाधान गर्न आज गण्डकी प्रदेशले “सी” जातिलाई कानुनी मान्यताका लागि चलाएको अभियान अन्तर्गत १० हजार हस्ताक्षर गण्डकीका मुख्यमन्त्रीलाई बुझाएको हो । युवा संगठन नेपाल गण्डकी प्रदेश इन्चार्ज विवेक विक्रम सीको नेतृत्वमा बुझाइएको उक्त हस्ताक्षर मुख्यमन्त्रीमार्फत प्रधानमन्त्री पठाइनेछ ।
उक्त हस्ताक्षर लिदै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सी जाति बनाउन कति सम्भव छ ? सी जाति के हो ? लगायतका विषयमा जिज्ञासा समेत राखेका थिए ।
कार्यक्रममा पार्टी केन्द्रिय सदस्य नवलपुर जिल्ला इन्चार्ज जुझारु सी, गोर्खा जिल्ला इन्चार्ज कपिल सी, संगठनका केन्द्रिय सदस्य युवराज सी, महेन्द्र सी, मिलन सी र कास्की जिल्ला समितिको उपस्थिति रहेको थियो ।
केही दिन अगाडि मात्रै युवा सङ्गठन नेपाल गण्डकी प्रदेशले सी जातिको कानुनी मान्यताको लागि १० हजार हस्ताक्षर संकलन गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।