२२ भाद्र २०८१, शनिबार

नेकपा कास्कीको पहलमा सुकुम्बासीको समस्या व्यवस्थापन

0

पोखरा/ नेपाल कम्युनिष्ट पार्टी कास्की र सुकुम्बासी सङ्गठनको संयुक्त पहलमा सुकुम्बासी समस्याको व्यवस्थापन गर्ने सहमति भएको छ ।
पोखरा महानगर पालिका वडा नं.३३ बागमारा दुई पिप्लेभिर मुनि बसोबास गर्दै आएका २२ घर सुकुमबासीलाई नेकपाको पहलपछि सोही स्थानमा व्यवस्थापन गर्ने वडा कार्यालयसग सहमति भएको हो । वडाबाट एक सूचना जारी गर्दै घरटहरा ३५ दिनभित्र खाली गर्न २०८१ जेठ ६ गते वडा अध्यक्ष रामचन्द्र अधिकारीको नामबाट सार्वजनिक सूचना जारी गरिएको थियो । उक्त सूचना पत्रबाट आतंकित र आक्रोशित भूमिहीन सुकुमबासीको पक्षबाट नेपाल कम्युनिष्ट पार्टी कास्की जिल्ला र सुकुमबासी संगठनको संयुक्त पहलमा सुकुमबासीको स्थायी बसोबास र सुकुम्बासी निस्साको लागि पहल गरेको थियो । २०८१ जेठ २१ गते पार्टी जिल्ला सचिव उमेश सीको नेतृत्वमा उक्त स्थानमा बसोबास गर्ने सुकुमबासी जनतासहित वडा अध्यक्ष राम चन्द्र अधिकारीलाई भेट गरेर दबाब दिइएको थियो ।
सुकुम्बासी समस्याबारे लामो छलफल पश्चात वडा नं. ३३ बागमारा दुई पिप्लेमा बसोबास गर्ने सम्पूर्ण सुकुमबासिहरुलाई सोही जग्गामा बसोबास को व्यवस्थापन गर्ने र अन्य नयाँ व्यक्तिहरुलाई भने अबदेखि बसोबास गर्न नदिने निर्णयसहित भूमिहीन सुकुमबासीक‍ो व्यवस्थापन सहज गर्ने गरि नेपाल कम्युनिष्ट पार्टी कास्कीको नेतृत्वमा आज सहमति भएको छ।
सुकुम्बासी समस्याबारे नेकपा निकट सुकुम्बासी सङ्गठनले आफ्नो सङ्घर्ष र कामहरु अगाडि बढाइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।