३१ भाद्र २०८१, सोमबार

कास्की जिल्लाको दोस्रो पूर्ण बैठक सम्पन्न

0

कास्की/ नेपाल कम्युनिष्ट पार्टी कास्की जिल्लाले आफ्नो दोस्रो पूर्ण बैठक सम्पन्न गरेको छ ।
बैठकमा बोल्दै पार्टीका पोलिट ब्युरो सदस्य तथा कास्की इन्चार्ज आस्था सीले देशको राजनीति नयाँ बिन्दुमा प्रवेश गरेको बताइन् । उनले क्रान्तिकारी शक्तिहरुबिच एकताबद्ध हुने र नेपाली विशेषताको समाजवादमा अगाडि बढ्न समय अनुकुल बन्दै गएको भन्दै देशभक्त, राष्ट्रवादी र क्रान्तिकारी शक्तिहरुबिच ध्रुवीकरण आवश्यक बनेको बताइन् ।
त्यस्तै नेकपाका केन्द्रीय सदस्य एवं पार्टीका प्रदेश कार्यालय सचिव विकिरण सीले पार्टीले लिएको नीतिले पार्टीको नयाँ राजनीतिक उचाई कायम भएको बताउँदै, पार्टीला जनमुखी कार्यक्रमहरु कडाइपूर्वक लागु गर्नुपर्ने बताए ।
कास्की सेक्रेटरी उमेश सीको अध्यक्षतामा बसेको बैठकले आगामी भाद्र २ गतेदेखि सङ्गठनको विशेष अभियान उद्दघाटन गर्ने र ३ गतेदेखि कास्कीका रुपा गाउँपालिका, मादी गाउँपालिका, अन्नपुर्ण गाउँपालिका र माछापुछ्रे गाउँपालिकासहित पोखरा महानगरपालिकाको ३३ वटै वडासम्म पार्टीको संगठन निर्माण गर्ने, नेपाली विशेषताको समाजवादकाे बहस र अन्तरक्रियाहरु गर्ने, सहकारी पीडित, मिटरब्याजी, लघुवित्त पीडित एवं भ्रष्टचार विरुद्ध सङ्घर्ष गर्ने लगायतका महत्वपूर्ण निर्णयहरु गरेको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।