२ कार्तिक २०८१, शुक्रबार

नेकपा सर्लाही बरहथवा नगरपालिकाको दोस्रो भेला सम्पन्न

0

नेपाल कम्युनिस्ट पार्टी बरहथवा नगरपालिकाको दोस्रो भेला सम्पन्न भएको छ । भेलाले विश्वेश्वर सीको नेतृत्वमा २५ सदस्यीय नगर समिति चयन गरेकाे छ ।
भेलाका प्रमुख अतिथि नेकपा केन्द्रीय सदस्य सर्लाही जिल्ला इन्चार्ज कमल सीले शुभकामना मन्तव्य राख्दै मधेसको विभिन्न समस्या मिटर ब्याजी, लघुवित्त, दाइजो प्रथा, महिला हिंसा, आमजनताको उत्पीडन समस्या एक मात्र नेपाल कम्युनिस्ट पार्टीले डटेर प्रतिवाद गर्ने बताए कार्यक्रममा जिल्ला सेक्रेटरी जनक सी, युवा संगठन नेपालका अध्यक्ष दिनेश सी, जिल्ला सदस्य प्रमेश्वर सी, राजेश सी, समाजसेवी राम शरण राय यादव लगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रमको अध्यक्षता विश्वेश्वर सी, उद्घोषण रवि सीले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।