२ कार्तिक २०८१, शुक्रबार

रुपन्देहीको तिलोत्तमा र सिद्धार्थनगरमा समाजवादी मोर्चा गठन

0

बुटवल/ समाजवादी मोर्चा नेपालको जिल्ला तथा पालिका स्तरीय समिति गठन अन्तर्गत आइतबार रुपन्देहीको तिलोत्तमा र सिद्धार्थनगरमा नगर स्तरीय समिति गठन भएको छ ।
तिलोत्तमा नगरमा नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष बेलप्रसाद शर्माको अध्यक्षतामा र सिद्धार्थनगरमा नेकपाका जिल्ला सदस्य तथा नगर सेक्रेटेरी योगेन्द्र सीको अध्यक्षता समाजवादी मोर्चा गठन भएको छ ।
तिलोत्तमामा नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष बेलप्रसाद शर्माको नेतृत्वमा मोर्चामा आवद्ध दलबाट एकजना महिलासहित ४/४ जना भएको १२ सदस्यीय नगर समिति गठन भएको छ । जसको सदस्यहरुमा नेकपाका राजु सी, खेम सी, माया सी, श्रीधर सी, नेकपा माओवादी केन्द्रका प्रेम घर्ती मगर, केशर बहादुर थापा, दिलमाया गुरुङ र नेकपा एकीकृत समाजवादीका रामचन्द्र भट्टराई, विजय दहाल, यज्ञश्वर क्षेत्री, लक्ष्मी शर्मा रहेका छन् ।
यस्तै सिद्धार्थनगरमा नेपाल कम्युनिस्ट पार्टीका जिल्ला सदस्य तथा सिद्धार्थनगरमा नगर सेक्रेटरी योगेन्द्र सीको नेतृत्वमा १/१ जना महिला सदस्य अनिवार्यसहित ९ सदस्यीय नगर समिति गठन भएको छ । जसमा अध्यक्ष योगेन्द्र सीसहित नेकपाका नारायण सी, शारदा सापकोटा, नेकपा माओवादी केन्द्रका मेराज खान, कमला थापा, ध्रुव लामगादे र नेकपा एकीकृत समाजवादीका तारापती भन्डारी, राम बहादुर बस्नेतसहित एक महिला छि थप्ने गरि ९ सदस्यीय समिति गठन भएको छ ।
उक्त कार्यक्रममा नेकपाका पोलिटब्यूरो सदस्य विनोद सी, नेकपा केन्द्रीय सदस्य तथा समाजवादी मोर्चा नेपाल रुपन्देहीका अध्यक्ष शरद सी, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य मकसुद अली, एकीकृत समाजवादीका केन्द्रीय सदस्य बाबुलाल यादव, नेकपा माओवादीका जिल्ला सयोजक निर्मल सी, एकीकृत समाजवादीका जिल्ला कार्यबाहक अध्यक्ष श्रीराम यादव, जिल्ला उपसचिव टंक पोख्रेल, नेकपाका जिल्ला सेक्रेटरी तथा समाजवादी मोर्चाका नेपाल रुपन्देहीका सदस्य सचिव बिरेन्द्र सी, केन्द्रीय प्रतिनिधि समिति सदस्य नवीन सीको विशेष उपस्थिति रहेको थियोे ।
पछिल्लो समय जनता समाजवादी पार्टी मोर्चामा नरहेपछि नेपाल कम्युनिस्ट पार्टी, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र नेपाल समाजवादी पार्टी नेपालसहितको समाजवादी मोर्चा बनेको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।