३ आश्विन २०८१, बिहीबार

सहिद बिनाका बुवाको निधनप्रति नेकपाद्वारा दुःख व्यक्त

0

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले सहिद क. बिनाका बुवाको निधनप्रति दुःख व्यक्त गरेका छन् । शनिबार एक शोक वक्तव्य जारी गर्दै विप्लवले बिनाका बुवा जयसिंह सुनारको निधनप्रति दुःख व्यक्त गरेका हुन् ।

‘महान जनयुद्धका सहिद क. बिनाको बुवा जयसिंह सुनारको २०८१ साल साउन ३० गते भएको असामयिक निधनले हामीलाई दुःखी बनाएको छ ।’, शोक वक्तव्यमा भनिएको छ, ‘जुम्ला जिल्ला चन्दनाथ नगरपालिका वडा नम्बर ६ घर भएका उहाँको निधनप्रति हाम्रो पार्टी दुःख व्यक्त गर्दछ । दुःखको घडीमा मृतक बुवाप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै सहिद क. बिनाका परिवारजनप्रति समवेदन प्रकट गर्दछौं ।’


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।