३ आश्विन २०८१, बिहीबार

दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय तत्काल संचालन गर्न अखिल (समाजवादी) को माग

0

अखिल (समाजवादी) ले सुदुरपश्चिम प्रदेशको कैलालीमा रहेको गेटामा शहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय तत्काल संचालन गर्न माग गरेको छ ।

अखिल (समाजवादी) का अध्यक्ष नरेन्द्र सीले एक प्रेस विज्ञप्ति जारी गरि सुदुरपश्चिम प्रदेशको स्वास्थ्य क्षेत्रको विकासका संभावनाको दृष्टिले कोशेढुंगाको रुपमा रहेको र लाखौँ जनता, विद्यार्थीहरु लाभान्वित हुने शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय पूर्ण क्षमतामा संचालनका लागि माग गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ, उक्त विश्वविद्यालय सञ्चालनका लागि मन्त्रिपरिषदबाट २०७९ माघ २९ मा निर्णय भई सो सबन्धी विधेयक संघिय संसदको राष्ट्रिय सभाबाट पारित भई प्रतिनिधिसभामा आएको र प्रतिनिधिसभाको विषयगत समितिमा राजनीतिक स्वार्थ र दाउपेच, सुदुरपश्चिमप्रतिको राज्य र यसका संचालकको सौतेनि व्यवहार तथा दृष्टिकोण र उपेक्षाको सिकार भई चिकित्सा शिक्षासंग सम्बन्धित विश्वविद्यालयको संचालनबाट बन्चित गरिएकोप्रति हाम्रो संगठनको गम्भिर ध्यानाकर्षण भएको छ ।’


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।