५ आश्विन २०८१, शनिबार

गण्डकी प्रदेशकाे स्कुलिङ सम्पन्न, स्कुलिङलाई तल्ला कमिटीहरुसम्म लगेर वैचारिक निखारता ल्याउनुपर्नेमा जाेड

0

पोखरा/ नेपाल कम्युनिष्ट पार्टी गण्डकी प्रदेशको प्रदेशस्तरीय माध्यामिक तहको स्कुलिङ कार्यक्रम पोखरामा सम्पन्न भएको छ । भाद्र ३० गतेदेखि सुरु भएको उक्त स्कुलिङ ५ दिन चलेर असोज ३ गते सम्पन्न भएको हो ।
स्कुलिङको प्रमुख प्रशिक्षकको पार्टीका स्थायी समिति सदस्य एव सुदुरपश्चिम प्रदेश इन्चार्ज रणवीर सी, पोलिट ब्युरो सदस्यद्वय भेषराज सी, असल सी, केन्द्रीय सदस्यहरु तिर्थ सी, प्रयास सी लगायतले प्रशिक्षण दिएका थिए ।
समापन सत्रमा बोल्दै प्रशिक्षक भेषराज सीले स्कुलिङले धेरै विषयमा सिकाएको भन्दै अब स्कुलिङलाई तल्ला कमिटीहरुसम्म लगेर वैचारिक निखारता ल्याउनुपर्ने बताए । उनले कम्युनिष्ट स्कुलिङ्ग अन्य पार्टीमा सकिएको र नेकपाले मात्रै नया पाठ्यक्रम विकास गर्दै अगाडि बढाएको बताउदै सिकेका कुरालाई पार्टी जीवन र निजि जीवनमा समेत लागू गर्न सुझाव दिए । यस्तै समापन सत्रको अध्यक्षता समेत गरेकी नेकपा स्थायी समिति सदस्य शिलु सीले महत्वपुर्ण स्कुलिङका लागि प्रशिक्षकहरुलाई धन्यवाद दिएकी थिइन् ।

उनले युद्दकालपछि कम्युनिष्टहरुमा वैचारिकी चेतना र स्कुलिङ घट्दै गैरहेको बताउदै यसले धेरै कुरा नविकरण गरेको बताइन् । नेपाली विषेशताको समाजवाद स्थापनाका लागि कम्युनिष्ट पार्टीका सदस्यसँग हुनुपर्ने आधारभुत जानकारी माध्यामिक तहको स्कुलिङमा प्राप्त भएको र यसलाई अझ व्यवस्थित गर्दै लैजाउनुपर्ने उनको जोड थियो ।
प्रशिक्षणमा राजनैतिक अर्थशास्त्र, समाज विज्ञान, वैज्ञानिक समाजवाद, दर्शन, सौन्दर्य विज्ञान लगायत विषयमा प्रशिक्षण गरिएको थियो ।
पार्टीको प्रदेश कार्यालय पोखरा १४, छिनेडाडामा गरिएको समापन कार्यक्रममा प्रशिक्षकहरुलाई प्रशंसा पत्र र सहभागीहरुलाई प्रमाणपत्रले सम्मान गरिएको थियो । कार्यक्रममा सहभागीको तर्फबाट अनुभूति राख्दै केन्द्रीय कार्यालयबाट दिनेश सी, म्याग्दी कार्यालयबाट सेकेटरी अविरल, विद्यार्थीबाट डिबी सी, महिला सोममाया सी र कास्की जिल्लाबाट सेक्रेटरी उमेश सीले स्कुलिङ निकै महत्वपुर्ण रहेको र धेरै बिषयमा स्पष्टता प्राप्त गरेको बताएका थिए ।
स्कुलिङमा गण्डकी प्रदेशमा कार्यक्षेत्र रहेका पोलिट ब्युरो सदस्य, केन्द्रीय सदस्यहरु, त्यस्तै गण्डकी प्रदेशका विभिन्न जिल्लाका इन्चार्ज र सेक्रेटरीहरु, केन्द्रीय प्रतिनिधि समिति सदस्यहरु, युवा विद्यार्थीहरु लगायत ३५ जनाको उपस्थिति रहेको थियो । पोलिट ब्युरो सदस्य राजन सीले सन्चालन गरेको समापन सत्र लगत्तै प्रदेश कार्यालयको उत्पादन कार्यमा प्रशिक्षक लगायत प्रशिक्षार्थीहरु सहभागी भएका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।