३० आश्विन २०८१, बुधबार

अमेरिकी सैन्य हस्तक्षेप बढ्दै

0

केपी ओली नेतृत्वको सरकार गठनयता नेपालमा वैदेशिक हस्तक्षेप थप बढ्दै गएको देखिएको छ । एमसीसी परियोजनालगायत अन्य वैदेशिक गतिविधि तीव्रतामा बढेको बुद्धिजीवीहरूको निष्कर्ष रहेको छ ।
अमेरिकी साम्राज्यवाद जुन शैलीमा लुकिछिपी नभएर हाकाहाकी नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्न आउन लागेको केही वर्ष भयो । तर पछिल्लो समय विकासे परियोजनाको अन्तरकुन्तरमा बसेर खुल्लम-खुल्ला आएको देखिएको छ  । ओली नेतृत्वको सरकारको बलियो सारथी बनेकी काङ्ग्रेस सभापति पत्नी एवम् परराष्ट्र मन्त्री आरजु राणाको कुटनीतिक कच्चापन र अपरिपक्व शैलीका कारण साम्राज्यवादी हस्तक्षेप वा वैदेशिक रणनीति छताछुल्ल जस्तो बन्दै गएको छ ।
पछिल्लो समय बङ्गलादेशको विद्रोहमा समेत वैदेशिक भूमिका र चलखेल प्रष्ट देख्न सकिन्छ । शेख हसिनाले देश छाडेर भारत पुगेपछि अमेरिकाले सैन्य अखडा राख्न प्रस्ताव गरेको तर आफूले नमानेपछि आन्दोलन अनावश्यक भड्काएर परिस्थितिलाई अकल्पनीय बनाइएको टिप्पणी गरेकि थिइन् । पछिल्ला केही घटनाक्रमले नेपालमा समेत जनआक्रोस बढ्दै गएको छ । संसदीय दलहरू बदनाम र असफल हुँदै गएपछिको विकसित परिस्थितिमा विकासे चारो एमसीसी तथा वैदेशिक सहयोगको नाममा केही डलर दिएर देशलाई सैन्य अखडा बनाउने प्रयास भइरहेको प्रष्ट देखिन्छ ।
यतिसम्म कि त्रिभुवन विमानस्थलमा केही महिना यता निरन्तर शंकास्पद विमानहरू अवतरण हुने केही सामाग्री छाडेर फर्कने क्रम निरन्तर चलिरहेको अति गोप्य स्रोतले भनिरहेको छ । यस विषयमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाललाई समेत एउटा स्रोतले ध्यानाकर्षणसहित बलियो जाँच गर्न विशेष अनुरोध गरेको थियोे । तर त्यो घटनाक्रमबारे दाहाल, ओली र देउवा जानकार देखिन्थे तर बोल्न चाहन्थेनन् ।
केही समय अगाडि चर्को विरोधका बिच जबर्जस्ती एमसीसी संसदमा टेबुल गरियो । जबकि संसदभित्र रहेका दर्जनौं सांसददेखि पूर्व प्रधानमन्त्री वा केही मन्त्रीहरू र बुद्धिजीवीहरू त्यसको विरुद्धमा थिए तर अन्तर्राष्ट्रिय दबाव थेग्न नसक्ने नेताहरूका अगाडि एमसीसी परियोजनाले थप घुँडा टेकाइछाड्यो । त्यसको प्रतिनिधिको रुपमा काङ्ग्रेस सभापति  शेरबहादुर देउवा र गगन थापा, रास्वपा सांसद स्वणर्िम वाग्लेहरू थिए भन्ने कुरा धेरै तथ्यले प्रमाणित गर्दै आइरहेको छ ।
हाल विश्वमा अमेरिकाले जुन गतिमा विश्वस्तरमा आफ्नो षड्यन्त्रको बर्चस्व बढाउँदै लगेको छ, त्यसबाट अमेरिकालाई समेत त्यसको चुनौती झेल्न सजिलो छैन ।
लोकप्रिय मान्छेका पछाडि  विवेक र  विचारविहिन मान्छेको भीड तयार हुन्छ । त्यहीँ भिडलाई भँजाउने र परिस्थितिलाई भड्किलो बनाउने प्रयास विभिन्न ढंगले २/३ वर्षयता भइरहेको छ । जबकि टेलिभिजन कार्यक्रम प्रस्तोताका पछाडि लागेको भिडमार्फत जनमत बनाएर संसद र सरकारमा समेत लैजाने काम गरियो । जुन अहिले वैदेशिक चलखेल र षड्यन्त्रमा प्रायः मौन तथा अदृश्यगत षड्यन्त्रकारीका सारथी बनेको टिप्पणी राजनीतिक बजारमा भइरहेका छन् ।
सचेत नेपालीहरू, विशेषतः कम्युनिस्टहरू गम्भीर नहुने हो भने, अब नेपालमा अमेरिकी साम्रज्यवाद नाङ्गो रुपमा आउँदैछ । नेपालको राजनीतिक परिस्थिति नयाँ ठाउँमा जाँदैछ । तसर्थ, यो विषम परिस्थितिमा नेपालका राजनीतिक दलहरू, बुद्धिजीवीहरू एक ठाउँमा बसेर  वैदेशिक चलखेलका विरुद्ध प्रतिरोध गर्न जरुरी भएको छ ।
अमेरिकाले नेपालमा शैन्य अखडा बनाएर चीनलाई प्रहार गर्ने र नेपाललाई युद्धभुमी बनाउन खोज्दैछ भन्ने कुरा धेरै अगाडिदेखि पुष्टि हँुदै आएको छ ।  ‘नेपाललाई युक्रेन जस्तो बनाउन अमेरिकाले अनेकौं तानावाना बुन्दै अत्यन्तै डरलाग्दो ढंगले लोकप्रियताका नाममा नेपालीको घर-दैलोमा आइपुगेको चित्र विभिन्न घटनाक्रमले देखाउँदै आएको छ ।
यो गम्भीर षड्यन्त्रको दुश्चक्रबाट जोगाएर नेपाललाई बचाउने सचेत राजनीतिककर्मीहरू, बुद्धिजीवीहरू, राष्ट्रप्रेमीहरूको मुख्य दायित्व हो । यो गम्भीर परिस्थितिमा  सामाजवादी क्रान्ति पूरा गर्नका लागि विचार मिल्नेसँग एकता, मोर्चा बनाएर जाने  विषय नै  उपयुक्त हुनसक्छ ।
अमेरिकी साम्राज्यवाद जुन तहबाट षड्यन्त्र गर्दैछ, समाजवादीहरूले समेत् त्योभन्दा माथिल्लो तहबाट सुझबुझका साथ त्यसका विरुद्धमा देशभक्तहरूको विशाल मोर्चा निर्माण गर्दै जानुपर्ने देखिन्छ ।  अमेरिका नेपालमा झोलाभरी पैसा, ट्रकभरी हतियार, दिमाख भरी षड्यन्त्र बोकेर आएको विभिन्न समयमा बहस भइराखेको थियोे । ऊ नेपालमा सबै अस्त्र प्रयोग गरेर आफ्नो सैन्य अखडा स्थापना गर्न खोज्दै छ । हामी समयमै सतर्क हुनु जरुरी छ ।

स्राेत:  जनपत्रिका मासिक १४ अङ्क


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।