८ कार्तिक २०८१, बिहीबार

समाजवादको खुल्ला बहस गर्न महासचिव विप्लवको आह्वान

0

दाङ/ नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले
समाजवादको खुल्ला बहस गर्न सबैलाई आह्वान गरेका छन् । नेकपा दाङले देउखुरीमा आयोजना गरेको सर्वपक्षीय अन्तरक्रिया तथा भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दैन महासचिव विप्लवले दलहरूले जनताको भावना समेट्न नसक्दा मुलुक अस्थिरता तर्फ धकेल्ने खतरा बढेको बताए ।
अस्थायी र अस्थिर रङ्गमञ्चको राजनीतिले मुलुक नफेरिने बताउदै विप्लवले नेपाली राजनीति अस्थिरता तर्फ धकेल्ने अन्तर्राष्ट्रिय प्रयास बढ्दै गएको समेत बताए ।
‘संकटग्रस्त नेपालले खोजिरहेको निकास, नयाँ नीति र नेतृत्व ’ विषयक सर्वपक्षीय भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै विप्लवले जनतालाई परिवर्तनको आभास दिन नसकेर दलहरूबिच आपसी मतभेद र विवाद बढाउदै लगिएको बताए । राज्य संयन्त्र कमजोर बन्दै जादा जनताका आधारभूत समस्या समेत हल गर्न नसकेको बताउदै विप्लवले राज्यले कानुन र विधिका नाममा जनतालाई अनावश्यक हैरानी थोपर्ने काम गरेको समेत बताए ।

जनतामा निराशा र नकारात्मकता बाढ्दै ल‌ैजाने काम चर्किएको बताउदै उनलेे विकल्पसहितको समाधान समाजवाद भएको टिप्पणी गरेका छन् ।
नयाँ पुस्तामा राष्ट्र र परिवारप्रति गम्भीर र जिम्मेवार बन्दै सामाजिक र राजनीतिक रुपान्तरणमा लाग्न समेत अनुरोध गरे ।

विप्लवले जनपक्षीय र प्रगतिशील व्यवस्थाको विकल्प राजतन्त्र नहुने दाबी गर्दै कतिपयले राजनीतिक चेत गुमाएर अनावश्यक लहडमा लागेको भन्दै विप्लवले आफ्नो योगदान र त्यागले प्राप्त उपलब्धिलाई बदनाम हुन नदिनुका साथै समयसापेक्ष परिवर्तन गर्दै लैजानुपर्नेमा जोड दिए ।

विप्लवले राज्य मुठ्ठीभरका दलाल पुजीपति वर्गको भएको भन्दै हालको राज्य व्यवस्थाले किसान मजदुरको प्रतिनिधित्व गर्न नसक्ने ठोकुवा गरे ।
हालको सत्ताले किसान, सुकुम्बासी, जनजाति, महिला, विद्यार्थीहरुको अधिकार सुनिश्चित गर्न नसक्ने भन्दै यसको विकल्प वैज्ञानिक समाजवाद भएको बताए ।
विप्लवले दलाल सत्ता नै भ्रष्टाचारको केन्द्र भएको दाबी समेत गरेका छन् ।
विप्लवले वर्तमान संङकटको समाधान समाजवाद भएको भन्दै लोकतान्त्रिक र वामपंथी सबै शक्तिहरु समाजवादका पक्षमा लाग्नुपर्ने र खुला बहस चलाउनुपर्ने बताए ।
न्युनतम समाजवादी आधार तयार गर्नुपर्ने भन्दै विप्लवले सर्वपक्षीय छलफल मार्फत त्यो आधार तयार गर्नुपर्ने समेत बताएका छन् ।
नेपाल कम्युनिस्ट पार्टी दाङले देउखुरीमा आयोजना गरेको सर्वपक्षीय अन्तरक्रिया कार्यक्रम अहिले राप्ती गाउँपालिकाको कार्यलयमा चलिरहेको छ ।
कार्यक्रम बुद्धिजीवीहरु, नागरिक समाजका अगुवाहरु, राजनीतिक दलको प्रतिनिधिहरुले धारणा राख्ने कार्यक्रम रहेको नेकपा दाङका इन्चार्ज सविन सीले बताए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।