३० माघ २०८१, बुधबार

सहिद र बेपत्ताका सपनाहरु पूरा गर्न हामी लडिरहनुपर्छ : शिला यादव

0

जनयुद्धका कमाण्डरहरु पटक–पटक मन्त्री हुँदा सरकारको नेतृत्व गर्दापनि सहिद र बेपत्ता योद्धाहरुको सपना पूरा नभएको नेकपाकी केन्द्रीय सदस्य तथा सहिद अजवलाल यादवकी जीवनसाथी शिला यादवले बताएकी छन् । मंगलबार धनुषा जिल्ला पार्टीलाई सम्बोधन गर्दै यादवले आधारभूत वर्गको लागि केही नभएको र दलालहरुकाे हैकम कायम भएको बताइन् ।
दलालहरुले नेताहरुलाई खरिद गरेका छन् । अजवलाललाई हेमबहादुर मल्लले खरिद गर्न खोजेको थियो । तर सकेनन् । नेकपा र विप्लवले अधूरो क्रान्तिको नेतृत्व गरेका छन् – नेता शिलाले भनिन् । जिल्ला समिति धनुषाको बैठकमा ब्यरो इन्चार्ज अनिल सी प्रमुख अतिथि रहेको जनकपुरबाट एस पी गौरवद्वारा प्रेषित समाचारमा जनाइएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।