१० फाल्गुन २०८१, शनिबार

नेकपा मधेश प्रदेशले उत्पादन विभागको उद्घाटन गर्दै मनायो ३० औं जनयुद्ध दिवस

0

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी मधेश प्रदेशले उत्पादन विभागको उद्घाटन गर्दै ३० औं जनयुद्ध दिवस मनाएको छ । बिहिबार नेकपा मधेस प्रदेशले महोत्तरी जिल्लाको कृष्णपुरमा प्रदेशको उत्पादन विभाग उद्घाटन गर्दै ३० औं जनयुद्ध दिवस मनाएको हो ।

 नेकपाका स्थायी समिति सदस्य तथा मधेस प्रदेश इन्चार्ज अनिल सीको अध्यक्षता सम्पन्न कार्यक्रममा केन्द्रीय सदस्य  शिला सीले स्वागत मन्तव्य राखेकी थिइन् भने पार्टीका पिबीएम देवनारायण शाहले संचालन गरेका थिए । कार्यक्रममा अग्रज नेता प्रेम बहादुर राना र विद्यार्थी नेता अटल सीले आफ्नो मन्तव्य राखेका थिए ।

 सभा सुरुहुनु पुर्व सहभागीहरुले आँपमा पानी सिंचाई, चर्पी निर्माणलगायत ३ घण्टा श्रम गरेका थिए। उत्पादन कार्यसहित जनयुद्ध दिवस मनाइएको घटनालाई स्थानियले महत्वका साथ हेरेका छन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।