
इटहरी/ बिहीबार ३०औं जनयुद्ध दिवस माओवादी घटक मध्ये विप्लव नेतृत्वको नेकपा र नेकपा माओवादी केन्द्रले संयुक्त रुपमा इटहरीमा दिप प्रज्वलन गरि मनाएका छन् ।
सुनसरीको इटहरीमा भएको उक्त कार्यक्रममा शुभकामना मन्तव्य नेकपाका केन्द्रिय सदस्य तथा सुनसरी जिल्ला इन्चार्ज डिवि सी र माओवादी केन्द्रका प्रदेश सह इन्चार्ज सुरेश राई हिमालले राखेका थिए । शुभकामना मन्तव्यको क्रममा बोल्ने वक्ताहरुले माओवादी घटकहरुको बिचमा एकतामा जोड दिएका छन् ।
कार्यक्रममा बोल्दै नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य एवम किराँत लिम्बुवान प्रदेशका सह इन्चार्ज सुरेस राई हिमालले माओवादीबिचको एकता आवश्यक रहेको बताए ।
त्यस्तै नेकपाका सुनसरी इन्चार्ज डिवि सी ले भने – ‘जनयुद्धले नेपालको सामन्तवादी सत्तालाई परास्त गरि गणतन्त्रसम्म ल्याएको छ। तर गणतन्त्र दलालहरुको हातमा पुगेका कारण उनिहरुको हातबाट श्रमजीवी जनताको हातमा फर्काउन सबै माओवादी घटक एक भई संघर्ष गर्दै समाजवादको दिशामा अघि बढ्नुपर्छ।”