३ बैशाख २०८२, बुधबार

ऋणमा डुबेको जापान

0

            – नरेन्द्र कुमार

 

जापानमा मन्दीको बढ्दो दुष्प्रभावको परिणाम उत्पादनहरूको मूल्य लगातार घटिरहेको छ । तथापि माग पनि घटिरहेको छ । जापानको कूल ग्राहस्थ्य उत्पादन (GDP) लगातार ३ प्रतिशतले ओरालो लागिरहेको छ । सन् १९५५ पछि २०१० को प्रारम्भमा भएको मूल्य ह्रास सबैभन्दा ठूलो ह्रास थियो । मुद्रास्फीतिलाई कम गर्नको लागि सेप्टेम्बर २०१० मा जापानले ६ वर्षपछि प्रथम पटक मुद्रा बजारमा येनको बिक्री शुरु ग¥यो । मुद्रा बिक्रीको उपादेयता कमजोर येनले जापानको उत्पादन सस्तो हुनेछ र निर्यात प्रोत्साहित हुनेछ भन्ने अपेक्षा जापान
सरकारको थियो । ठूलो उत्प्रेरक पोको प्रस्तुत हुँदाहँदै पनि अर्थ व्यवस्थाको ६० प्रतिशत भागलाई सम्बोधन गर्न उपभोक्ता खर्चमा केवल ०.७ प्रतिशतको बढोत्तरी भयो । जबकि अर्कोतिर मन्दीबाट पार पाउनको लािग खर्च बढाउन प्रयत्नशील सरकार पहिल्यैदेखि ठूलो सार्वजनिक ऋणमा डुबेको छ । जापानको ९० प्रतिशत ऋण घरेलु स्रोत छ । ४.९ ट्रिलियन डलर रहेको यसको अर्थव्यवस्थामाथि यसको दुई गुणा ऋण छ । २०१० मा जापानको सरकार आफ्नो ९२ ट्रिलियन येनको बजेट योजनालाई पूरा गर्ने सङ्कटसँग जुधिरहेको छ । यदि उत्प्रेरक कोशेली जारी हुँदैनथ्यो भने उपभोक्ता खर्चदर ऋणात्मक हुन बाध्य हुन्थ्यो । यदि विशेष सहयोग रहिरहन्छ भने सरकार ऋणमा डुबेर अर्थव्यवस्थाको सङ्कटलाई अझै बढाउँथ्यो । अर्थव्यवस्थालाई स्थायित्व दिन जापानले ऋण लिइरहन अर्थविद्हरूले सुझाएका छन् । यद्यपि जापान अविश्वसनीय र स्थायी अन्धकारले घेरिइसकेको छ ।
जापानको यो स्थितिले कुर्गमेन र स्टिग्लिजजस्ता अर्थशास्त्रीहरूद्वारा प्रस्तुत केंसीय समाधानको खिल्ली उडाएको छ । यसले किन्सवादी सुझावका सीमाहरूलाई उदाङ्गो पारेको छ । ती सीमाहरूको विस्तृत अध्ययन भने अर्को अध्यायमा गर्नेछौं । दोस्रो विश्वयुद्धपछि ५० को दशकमा अमेरिका आफ्नो विशाल पुँजीको बलमा ब्रिटेन, फ्रान्सआदि देशहरूमा फैलिइरहेको थियो । तर १९८० पछि प्रविधिमा जापानले गरेको विकास र पुँजीको संकेन्द्रणको आधारमा जापान अमेरिकामामात्र नभएर युरोपको बजामा पनि गोडा पसार्न थाल्यो ।
युरोपका देशहरूमध्ये बेलायतमा जापानले सबैभन्दा धेरै पुँजी लगानी ग¥यो । पश्चिम युरोपमा स्पेनलाई छोडेर सबैभन्दा सस्तो श्रम ब्रिटेनमा नै थियो । जबकि दक्ष श्रमिक स्पेन तथा पोर्चुगलमा भन्दा ब्रिटेनमा नै बढी छन् । टेलिभिजन, कम्प्युटर, सिलिकन चिप्स, ब्याट्रीआदि उत्पादनहरूको विश्वव्यापी बजार तथा विस्तारले यसको अर्थव्यवस्थालाई नयाँ गति प्रदान ग¥यो । आज ब्रिटेनको गहिरो सङ्कटले जापानको सङ्कटलाई अझ बढाएको छ । १९७० को दशकमा जापानले ८ प्रतिशतको दरले विकास गरेको थियो । तथापि १९८० को दशकमा विकास दर ५ प्रतिशतमा झ¥यो । यद्यपि शेयर बजारको लोकप्रियता जारी नै थियो । त्यो कसरी भएको थियो भन्ने कुराको चर्चा अर्को अध्यायमा गरौंला ।
डिसेम्बर २००८ को थोक मूल्य सूचकाङ्कअनुसार जापानको औद्योगिक उत्पादनमा ९.६ प्रतिशतको ह्रास आयो । जसको कारण त्यही वर्ष झण्डै ४ लाख मान्छेहरूले रोजगार गुमाए । के कुरा सर्वविदितै छ भने जापानको अर्थव्यवस्था घरेलु बजारमा भन्दा निर्यातमा अत्याधिक निर्भर रहेको छ । पछिल्ला वर्षहरूमा आएको मन्दीको कारण अमेरिका र युरोपमा मागमा ठूलो कमी आएको छ । जसको कारणले जापानका प्रमुख कम्पनीहरू सोनी, टोयटा आदिले भयङ्कर घाटा व्यहोर्नु प¥यो ।
जापानको अर्थव्यवस्थाले लगातार मन्दीको सामना गर्नु परिरहेको छ । निर्यातमा टिकेको उसको अर्थव्यवस्थाले २०१० को पहिलो तीन महिनामा अनुमान गरिएभन्दा न्यून विकास ग¥यो । अमेरिका र युरोपको बजारको स्थितिबाट निराश भएर उसले आफ्नो सम्पूर्ण लक्ष्य चीन, भारत तथा एशियाको बजारमा टिकाएको छ । सरकारी अनुदानको कारण पछिल्लो वर्ष २.७ प्रतिशतको जुन वृद्धि भएको थियो, त्यो २०१० मा अझै तल झ¥यो ।
जापानको यो सङ्कट आगतमा अझै बढेर जानेछ । सम्पूर्ण जनसंख्याको २३ प्रतिशत नागरिक ६५ वर्षमाथिका छन् । जबकि किशोरावस्थाका १५ वर्षभन्दा कम उमेरका मान्छे जनसंख्याको १५ प्रतिशतमात्र रहेका छन् । २०१२ पछि परिस्थिति अझ जटिल हुनेछ । जब निवृत्तिभरणमा बाँच्नेहरूको संख्या बढ्नेछ । जनसंख्याको एउटा ठूलो भाग जागिरमा रहेर बचतको रुपमा ठूलो रकम पुँजीको रुपमा उपलब्ध गराउँथ्यो; त्यो समूह निवृत्त तथा अरु सुविधाहरू भोग गर्ने समूहमा बदलिन्छ । शेयरको माग घरेलु बजारमा घट्नेछ । ग्रीस तथा अन्य देशहरूको तुलना जापानको अर्थव्यवस्था सङ्कटग्रस्त नुहुनको कारण शेयर बजारमा घरेलु खरिदकर्ता अत्याधिक हुनु थियो । अब त्यो स्थिति रहेन ।
नोभेम्बर २००९ मा सदनको संयुक्त अधिवेशनमा सम्बोधन गर्दै तत्कालीन प्रधानमन्त्री हातोयामाले दोस्रो विश्वयुद्धपछि अमेरिकाको पराधीनताबाट देशलाई मुक्त गर्ने प्रयास गरिनेछ भन्ने कुरा उल्लेख गरे । अमेरिकाको आर्थिक–राजनीतिक सङ्कटको अवस्थामा उनको धारणा आएको हुनसक्थ्यो । प्रधानमन्त्री हातोयामाको पहिलो बजेट भाषणमा सामाजिक कल्याणको क्षेत्रमा खर्च बढाउने र निर्यातको बदलामा घरेलु मागलाई बढाउने कुरामा जोड दिएका थिए । धनको कमीसँग लडिरहेको सरकारले ब्राण्डलाई बेचेर लगभग १.२ ट्रिलियन डलर प्राप्त ग¥यो । जापानी सरकारको ऋण अविश्वासनीय रुपले बढेर त्यो कूल ग्राहस्थ्य उत्पादनको २२० प्रतिशत भएको छ ।
के प्रश्न गर्न सकिन्छ भने दोस्रो विश्वयुद्धमा आफ्नो पुँजी, प्रविधि र सामरिक क्षमताको बलमा पूर्वीएशियाबाट ब्रिटिस र फ्रान्सलाई लखेट्ने, चीन र अरु अर्ध–उपनिवेशिक देशलाई नियन्त्रण गर्ने, अमेरिकाको पर्ल हार्बरमाथि आक्रमण गर्ने, हिरोसिमा र नागासाकीमाथि एटम बम झेल्ने जापानले यत्रो समयसम्म अमेरिकाको नियन्त्रणमा किन बसेको होला ? त्यसको कारण के हो भने अमेरिकाले जापानको सैन्य शक्तिलाई तहसनहस पारिदियो । यद्यपि जापानले विकसित पुँजीवादीतन्त्र सञ्चालनमा महत्वपूर्ण योगदान गरेको कारण जापानलाई अमेरिकाले महत्वपूर्ण वित्तीय तथा उपभोक्ता क्षेत्रमा अवसर प्रशस्त दियो । तर मन्दीको कारण त्यो अवसर खुम्चिँदै गइरहेको अवस्था छ ।
अब भने अमेरिकी सिंहासन आफै डगमगाउन थालेको छ । यस्तो भद्रगोल आर्थिक–तन्त्रमा जापानले आफ्नो भविष्य देखिरहेको छैन । अमेरिकाको विनम्र सहयोगी बनिरहनुभन्दा आफ्नो पुँजी र बजार विस्तारको लागि आफ्नो पृथक यात्रा बनाउने तयारी गरिरहेको देखिन्छ । अमेरिकाको विरुद्ध जापानको आक्रमक व्यवहारको विषयमा चर्चा ‘मन्दीको दबाव : खुम्चिँदै अमेरिकी साम्राज्य’ शिर्षकको आलेखमा गर्नेछु ।
स्रोत : महामन्दी,
अनुवादक : अनिल सी


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।