
ललितपुर: नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले ललितपुर महानगरपालिका वडा नम्बर २८, हरिसिद्धि लामा डोलाका स्थानीय बासिन्दाहरूसँग भेटघाट तथा छलफल गरेका छन् ।
भेटघाटका क्रममा परिचय आदानप्रदानका साथै स्थानीय विकासका विभिन्न विषयमा छलफल भएको थियो । विशेषगरी खानेपानी, सडक, ढल निकास र अन्य आधारभूत समस्याहरूका बारेमा स्थानीयहरूले आफ्ना गुनासाहरू राखेका थिए ।
स्थानीय बासिन्दाहरूले राजधानीबाट नजिक भएपनि राज्यबाट पाउनुपर्ने सुविधा नपाएको गुनासो गरेका थिए । उनीहरूले विकास निर्माणका कार्यहरूमा राज्यको ध्यान नपुगेको बताएका थिए ।
जवाफमा महासचिव विप्लव सीले स्थानीयका समस्याहरूलाई सम्बन्धित निकायसम्म पुर्याउन पहल गर्ने बताए । उनले स्थानीयका गुनासाहरूलाई गम्भीरतापूर्वक लिएको र यस विषयमा पार्टीले आवश्यक पहल गर्ने आश्वासन दिए ।
प्रतिक्रिया दिनुहोस्