
काठमाडौँ– नख्खु कारागार, ललितपुरबाट जेलमोर्चा सम्हालिरहनु भएका नेपाल कम्युनिस्ट पार्टी धनुषा जिल्ला समिति सदस्य इन्दल कुमार शाह (इन्टल सी) की आमाको निधनप्रति नेकपा मधेस प्रदेशले दुःख व्यक्त गरेको छ ।
धनुषा जिल्ला समिति सदस्य मोनिका सीकी सासु आमासमेत रहेकी देवकी देवि तेलिनको ७४ बर्षको उमेरमा आज विहान १२ः३० बजे निधन भएको छ । उनको निधनमा मधेस प्रदेश इन्चार्ज अनिल सीले शोक वक्तव्य जारी गदै दुःख व्यक्त गरेका हुन् ।
‘छोराहरुलाई संघर्षमा होमिन प्रेरित गर्नुहुने महान आमाको निधनले कम्युनिस्ट आन्दोलनमा क्षति पुगेको छ । यो दुःखद घडीमा हाम्रो पार्टी मृतक आमाप्रति हार्दिक श्रदाञ्जली व्यक्त गर्दै क. इन्दल, कं मोनिकासहित उहाँको परिवारजनप्रति समवेदन प्रकट गर्दछ ।’, जारी विज्ञप्तिमा भनिएको छ ।
मृतक आमाका तीन छोरा र चार छोरी रहेका छन् । इन्दल माइलो छोरा हुन् ।