१८ बैशाख २०८१, मंगलवार

कास्कीमा रचनात्मक काम गर्दै सहिद परिवारलाई सम्मान

0

२१ फागुन,कास्की /नेपाल कम्युनिष्ट पार्टी कास्कीले सहिद तथा बेपत्ता परिवारहरुलाई सम्मान देखि विभिन्न कार्यक्रम गरेर सहिद सप्ताह मनाएको छ । सहिद सप्ताहको अन्तीम दिन आईतवार जिल्लामा एक कार्यक्रमको आयोजना गरेर नेकपाले सहिद सप्ताह मनाएको हो।

नेकपाले फागुन १४ गते देखि सुरु भएको सहिद सप्ताहको अवसरमा जिल्लामा अन्तरक्रिया, सहिद तथा बेपत्ता परिवारलाई सम्मान,घरदैलो तथा भेटघाट,शैक्षिक सामग्री वितरण,ज्ञापनपत्र पेश लगायतका विभिन्न कार्यक्रम गरेर सहिद सप्ताह मनाएको हो ।

सहिद सप्ताहको अन्तीम दिन सम्पूर्ण सहिद तथा बेपत्ता परिवार, घाईते अपाङ्ग योद्धाहरु प्रति सम्मान गरिएको छ । नेकपाका गण्डक इन्चार्ज राजन र जिल्ला इन्चार्ज उभारले सहिद तथा बेपत्ता परिवारजनलाई दोसल्ला ओढाएर सम्मान गरेका हुन ।

कार्यक्रमका प्रमुख अतिथि तथा नेकपा पश्चिम् गण्डक इन्चार्ज .राजनले सहिद वेपत्ताहरुको सपना पुरा नभएको भन्दै यसलाई पुरा गर्न सवैले लाग्नु पर्ने वताए । उनले भने “सहिद प्रति सम्मान छ तर यदि आज सहिदको सूचीमा परेको भएपनि राजनैतिक चलखेल देख्दा बेकार हुने थियो जस्तो लाग्छ,बलिदान भनेको क्रान्तिको परिवर्तनको खम्बा हो, सहिद, बेपत्ता घाईते अपाङ्ग सबैले साथ दिनुहोस सपना पुरा गरेर नै छाड्छौ ।”

कार्यक्रमका अतिथि जिल्ला इन्चार्ज उभारले क्रान्ति पुरा नभएकाले सहिद तथा बेपत्ता परिवारलाई मर्का परेको भन्दै सहिद –बेपत्ता परिवारले गाली गरे पनि अमृत सरह हुने र क्रान्तिलाई अमर वनाउने वताए ।

नेकपाका जिल्ला सेक्रेटरी काजीले सम्पूर्ण सहिद बेपत्ता परिवारलाई पार्टीको निमन्त्रणा स्विकार्दै उपस्थित हुनुभएकोमा धन्यवाद दिए भने यसैविच लम्जुङ्ग र तनहुमा पनि सहिद सप्ताहको अवसरमा सहिद तथा बेपत्ता परिवारलाई सम्मान गरिएको बताइएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।