• २५ माघ २०७९, बुधबार
1 COMMENTS

नेपालको क्रान्ति र समाजवादी आन्दोलनलार्ई नेपालको मौलिकतामा प्रयोग र विकास गर्दै यहाँसम्म आइपुग्दा क्रान्तिका पछिल्ला घुम्ति र मोडहरुमा पार्टी र तपार्ईंहरुले भोग्नु भएका अनुभूतिहरुलार्ई आमदेशभक्त एवं श्रमजीवि जनता र कार्यकर्ता माझ कसरी पस्किनु हुन्छ ?

कम्युनिष्ट आन्दोलन र विशेषतः नेपालको कम्युनिष्ट आन्दोलनमा संशोधनवाद हावी हुँदै गएपछि र त्यो संशोधनवाद पनि सामाजिक दलाल, पुँजीवादमा परिणत भैरहेको बेला, कुनै पनि कम्युनिष्ट पार्टीलार्ई त्यो असली कम्युनिष्ट पार्टी नै हो भनेर चिनाउने अर्थात् समाजका उत्पीडित तथा श्रमिक जनता र राष्ट्रको प्रतिनिधित्व गर्ने पार्टीको रुपमा जसरी हामीले कम्युनिष्ट पार्टीलार्ई बुझेका छौँ । जस्तो कि आजको पुँजीवादले उत्पीडनका यति धेरै स्वरुपहरुद्वारा समाजलार्ई गाँजेको छ । ती सबै उत्पीडनबाट समाजलार्ई मुक्त गर्ने ऐतिहासिक जिम्मेवारी जो हुन्छन् । ती जिम्मेवारीहरु र आफ्नो लक्ष्य प्रति प्रस्टताका साथ अगाडि बढ्ने राजनैतिक शक्ति नै कम्युनिष्ट पार्टी हो ।

त्यो पार्टी र त्यसको नेतृत्वका अगाडि २१ औ शताब्दीमा खडा हुन गएका चुनौतीहरु छन् । ती सामान्य पनि छैनन् । यी पछिल्ला चुनौतीहरु सामना गर्न नसक्दा खासगरी ८० को दशकपछि विश्व कम्युनिष्ट आन्दोलनले ठूल्ठूला क्षतिहरु बेहोर्नु प¥यो । नेपालमा हामीले अगाडि बढाएको जनयुद्ध पनि २०६२÷६३ को बेला विचलित हुन पुग्यो । अर्थात बिसर्जित हुन पुग्यो । त्यसैको गर्भ वा खरानीबाट हामीले नेपाल कम्युनिष्ट पार्टी र एकीकृत जनक्रान्तिको कार्यदिशा विकास गरेर विगत ७÷८ वर्षदेखि त्यसको प्रयोग गरिरहेका छौँ । यहाँसम्म आइपुग्दा नेपालमा पनि र विश्वमा पनि कम्युनिष्ट आन्दोलनका अगाडि केही वैचारिक राजनैतिक सवालहरु खडा भएका छन् । त्यो भनेको मालेमाको आधारभूत विषयमा टिकेर ठीक ढंगले आजको विश्व र नेपाली समाजको मौलिक विशेषताहरुलार्ई हाम्रो सन्दर्भमा प्रयोग गर्ने कुरा हो ।

८० को दशकपछिका कम्युनिष्ट आन्दोलनका प्रयोगहरुको समग्र ऐतिहासिक समीक्षा गर्नुपर्ने आवश्यकता छ । कम्युनिष्टहरुले कतै न कतै प्रयोग र विकास गर्ने विषयमा त्रुटि नगरिकन यस प्रकारको धक्का खानु पर्दैन । निकै लामो समयसम्म सशस्त्र संघर्षको नेतृत्व गरिरहेका अन्य कैयौ पार्टीहरु पनि छन् तर पछिल्लो समयमा विचार–राजनीतिक सहित जनक्रान्तिको नेतृत्व गर्दै एउटा वैकल्पिक शक्तिको रुपमा अगाडि आएको पार्टी भनेको हाम्रो पार्टी हो । अथवा सिंगो नेपाली समाजलार्ई तरङ्गित गरिरहेको पार्टी भनेको हाम्रो पार्टी हो । यस्तो बेला एकातिर देशभक्तहरु, प्रगतिशील र श्रमिक जनताको हामीप्रति अपेक्षा र भरोसा पनि छ भने अर्कोतिर आन्तरिक तथा बाह्यरुपमा दक्षिणपन्थी संशोधनवादीहरु, दलाल पुँजीवादीहरु र साम्राज्यवादीसम्मलार्ई हाम्रो यो आन्दोलन निकै टाउको दुखाईको विषय हुन्छ र यसलार्ई निमोठ्न उनीहरु निरन्तर षड्यन्त्र पनि गरिरहेका छन् । यस्तो बेला संभावनाहरु पनि निकै छन् । साम्राज्यवाद पनि नयाँ प्रकारको संकटको दिशातिर गइरहेको छ र यसलार्ई भरथेग गर्नका लागि उनीहरुलार्ई हिन्द प्रशान्त रणनीति, एमसिसि र एसपीपी आवश्यक परेको हो ।

यसरी हेर्दा आजको साम्राज्यवादको संकट र चरित्रमा आएको फेरबलका दृष्टिले समेत साम्राज्यवादको समेत नयाँ संश्लेषण जरुरी छ । लेनिनले गरेको साम्राज्यवादको व्याख्यामा र पछिल्लो समयमा हाम्रो पार्टीले गरेको व्याख्या उत्तर साम्राज्यवादको समेत नयाँ संश्लेषण आवश्यक छ । राष्ट्रियरुपमा पनि नेपालको दलाल पुँजीवाद नाकाम भएको छ । राजनैतिक वैचारिक दृष्टिले त नेपालमा यसको टाटपल्टाई भएको छ । यो स्थितिमा नेपालको जनक्रान्तिलार्ई नयाँ उचाइमा उठाउँदै अगाडि बढ्नु हाम्रो आजको कार्यभार र ऐतिहासिक दायित्व हुन गएको छ ।

यहाँहरुले आजको विश्व परिस्थितिको सन्दर्भमा बहुध्रुवीय विश्व र समाजवादी क्रान्तिको अनुकूलताको कुरा गर्नु भएको छ, यो भनेको के हो ? के विश्व परिस्थिति क्रान्तिको अनुकूलतामा विकास हुने संभावना हो ?

हामीले आजको विश्व परिस्थितिको मूल्याङ्कन गर्दा दुई–तीन वटा कुरामा ध्यान दिएर अगाडि बढ्नु पर्ने हुन्छ । एउटा ८० को दशक वरिपरिसम्म हेर्दा विश्वको ठूलो जनसंख्या र एक तिहाई भूगोलमा कम्युनिष्ट समाजवादी सत्ताहरुको प्रयोग भैरहेको थियो । तर त्यसपछि त्यहाँभित्र केही समस्याहरु आए र कम्युनिष्ट सत्ताहरु धराशयी हुँदै गएको देखिन्छ । सोभियत संघको विघटन हुनु अघि समाजवादी क्याम्प र साम्राज्यवादी क्याम्पबीच व्यापक धु्रवीकरण थियो । उनीहरुबीच शीतयुद्ध चल्यो । समाजवादी शिविरमा प्रत्यक्ष हस्तक्षेप गर्न सक्ने सामथ्र्य नभएपछि पुँजीवादीहरुले शितयुद्धको नीति अंगिकार गरेका थिए । यद्यपि सोभियत संघभित्र इटालिनको निधनपछि सैद्धान्तिक वैचारिक राजनैतिक दृष्टिले गंभिर समस्याहरु थिए नै । त्यो समयको मूल्याङ्कन गर्दा तत्कालिन कम्युनिष्ट पार्टी, नेतृत्व र आन्दोलनका सीमा र कमजोरीहरुको पनि समीक्षा गर्नुपर्ने हुन्छ ।

२० औँ शताब्दीको ९० को दशकदेखि २१ औँ शताब्दीको शुरुवातीसम्म आउँदा यो समय साम्राज्यवादको दबदबा रह्यो । जसलार्ई विश्व एक ध्रुवीय र साम्राज्यवादको दबदबा भएकोले कम्युनिष्टहरु आन्दोलनका लागि प्रतिकुल समयको रुपमा लिन्थे । फेरि नेपालमा विजयको सन्निकट पुगेको जनयुद्ध विचलनको दिशामा गयो । त्यो स्थितिमा सशस्त्र बलबाट मात्रै सत्ता लिन सकिन्न भन्ने पक्षमा प्रचण्डले तर्कहरु समेत गर्न थालेका थिए । यही प्रचण्डहरुले गरेको तर्क हेर्ने हो भने त साम्राज्यवादको व्याख्या गर्दै अक्टोबर क्रान्ति र बल प्रयोगको बाटो त लेनिनले उहिबेला नै लिनु भएको थियो । यो कसरी भयो । बरु लेनिनले क्रान्ति गर्दा त पेरिस कम्युनको असफलताको नकारात्मक अनुभव बाहेक रसियन क्रान्तिलार्ई प्रत्यक्ष सहयोग पु¥याउने शक्ति कोही पनि थिएन । यो क्रान्तिका लागि सोचनिय विषय हो ।

जब प्रचण्डहरु विश्व परिस्थिति प्रतिकूल छ भन्दै तर्क गर्न थाले र जनयुद्ध बिसर्जित भयो । हामीले त्यहीबाट नयाँ खोज गर्न थाल्यौँ । खोज गर्दै जाँदा अहिले ९० को दशकपछिको एक ध्रुवीय साम्राज्यवाद छैन भन्नेमा हामी पुग्यौँ । साम्राज्यवादका आफ्नै सीमाहरु र चरित्रका कारणले पनि उ हिजोकै अवस्थामा रहने कुरा पनि भएन । त्यो बेला अब साम्राज्यवाद एक ध्रुवीय छैन, त्यो बहुध्रुवीय दिशातिर जाँदै छ भन्ने विचार हामीले अगाडि सा¥यौँ । त्यो किन भन्यौ भने २१ औ शताब्दीको साम्राज्यवादका अन्तर्विरोध, संकट र कमजोरी पत्ता लगाउँदै क्रान्तिको संभावनालार्ई पहिल्याउनु थियो । माक्र्सवादी भनेको पनि आखिरी अर्थमा यही हुन्थ्यो । यो विषय हामीले किरणजीसँगै हुने बेला पनि बहस गरेका थियौँ र पछि दाङ राष्ट्रिय सम्मेलन र थवाङ महाधिवेशनमा त्यसलार्ई शुत्रबद्ध ग¥र्यौं । यसलार्ई आजको विश्व साम्राज्यवादसम्बन्धी हाम्रो पार्टीले अगाडि सारेको धारणाको रुपमा पनि लिन सकिन्छ ।

यद्यपि हामी नेपाललार्ई आधार बनाएर अगाडि बढेको भए पनि क्रान्तिलार्ई खोज्ने क्रममा त्यसो भनेका थियौँ । आज विश्व दुई ध्रुवीय मात्रै होइन, बहुध्रुवीय नै भैसक्यो । अमेरिकाको मात्रै चाहनामा विश्वमा केही गरिहाल्न संभव छैन भन्ने कुरा आजको युक्रेन युद्धले पुष्टि गरेको छ । उसले त रुसलार्ई ध्वस्तै पार्ने चाहन्थ्यो तर सकिरहेको छैन नि । यो नै अहिलेको बहुध्रुवीय विश्वको विशेषता हो । बहुध्रुवीय विश्व भनेकै साम्राज्यवाद कमजोर हुनु हो र श्रमिक जनताको क्रान्तिका लागि वातावरण बन्दै जानु पनि हो । त्यसको जवरजस्त प्रभाव नेपालमा परिरहेको छ ।
नेपालमा क्रान्तिको लागि परिस्थिति पनि बन्दै गएको र हामीले त्यसको पहलकद्मी अगाडि बढाइसकेपछि संसारभरिकै साम्राज्यवादीहरुको ध्यान पनि हामी माथि छ । उनीहरु नेपालमा केन्द्रित पनि हुँदै गएका छन् । उनीहरुलार्ई के लागिरहेको छ भने समयमै क्रान्तिलार्ई नियन्त्रण गर्न सकिएन भने यो झिल्को हुन्छ र त्यसपछि सबैतिर फैलिन सक्छ ।

नेपालमा हामीले अगाडि सारेको क्रान्ति र कार्यदिशा विरुद्ध शुरुमा उनीहरुले स्थापित हुन नदिने षड्यन्त्र गरे । त्यसपछि प्रतिबन्ध लगाए । त्यो पनि काम नलागेपछि अहिले हामीभित्रै अन्तरध्वस गर्नेमा उनीहरु लागिरहेका छन् । हाम्रो पार्टीभित्र पनि आजको यो साम्राज्यवादी रबैयालार्ई बुझ्ने सन्दर्भमा केही यान्त्रिकता र जडताका समस्याहरु थिए । हामीले त्यसविरुद्ध विचारधारात्मक संघर्ष पनि गर्दै आएका थियौँ । पछिल्लो पटक केन्द्रिय समितिको १२ औ बैठकमा हामीले पार्टी कार्यनीतिलार्ई अलि फरक ढंगले लिन खोज्यौँ । दलाल पुँजीवादीहरु र साम्राज्यवादीहरु हाम्रा विरुद्ध खुलेआम षड्यन्त्रमा आए । हामीलार्ई विश्वास छ उनीहरुले जतिसुकै षड्यन्त्र गरे पनि नेपाली जनताको चाहना र देशको आवश्यकतालार्ई छेक्न सक्ने छैनन र हामी निरन्तर अगाडि बढ्ने छौ ।

कम्युनिष्ट क्रान्ति र श्रमिक जनताका विरुद्ध आजको साम्राज्यवादले जसरी शोषण, दमन, उल्पीडन र हस्तक्षेप गरिरहेको छ, यसका विरुद्ध तमाम ठाउँमा साम्राज्यवाद विरुद्ध संघर्ष र प्रतिरोध पनि विकेन्द्रितरुपमा भैरहेको छ । अमेरिकाभित्रै पनि साम्राज्यवादी उत्पीडन विरुद्ध संघर्ष उठिरहेको छ । अमेरिकि मजदुर, किसान लगायत श्रमजीवि जनता लडिरहेकै छन् । यस प्रकारको संघर्षलार्ई सचेतन प्रयत्नद्वारा एक ठाउँमा ल्याएर संघर्षलार्ई उठाउनु अहिलेको विश्व कम्युनिष्ट आन्दोलनका लागि समेत जरुरी छ । यही आवश्यकतालार्ई पूरा गर्न क्रान्तिकारीहरुले जिम्मेवारीपूर्वक सोच्नु पर्दछ भन्ने हाम्रो पार्टीको धारणा छ । यो कामका लागि नेपाल कम्युनिष्ट पार्टीले के भूमिका खेलिरहेको छ भन्ने विषय महत्वपूर्ण हुन्छ ।

यससँग हामीले दुई–तीनवटा ढंगले सोचिरहेका छौ । पहिलो त आजको क्रान्तिलार्ई विश्वव्यापीकरण गर्ने, कम्युनिष्ट केन्द्रको रुपमा चौथो अन्तर्राष्ट्रिय निर्माणका लागि पहल गर्नुपर्छ भन्ने हो । दोस्रो कुरा, यो अब सैद्धान्तिक दृष्टिले मात्रै होइन, व्यवहारिकरुपमा समेत ठोस पहल गर्नुपर्दछ भन्ने हो । यसका लागि आर.सि.पि.लगायत अन्य क्रान्तिकारी कम्युनिष्ट पार्टीहरुसँग पनि हाम्रो कुराकानी भैरहेको छ । तेस्रो कुरा, आपूmलार्ई सुपरपावर भन्ने साम्राज्यवादी देशहरु विरुद्ध संघर्ष गरिरहेको समाजवादी वा राष्ट्रिय मुक्ति आन्दोलन गरिरहेका देशहरुसँग संयुक्त मोर्चा निर्माण गर्न जरुरी छ । अथवा अन्तर्राष्ट्रिय स्तरमा एउटा रणनीतिक मोर्चा चाहिन्छ भन्ने हो । चौथो कुरा, पुँजीवादी देशहरुमध्ये पनि साम्राज्यावादी हस्तक्षेपमा परिरहेका देशहरुसँगको सहकार्य र कार्यगत एकताको लागि पहल गर्नुपर्छ भन्ने हाम्रो पार्टीको विचार हो ।

जहाँसम्म नेपालको क्रान्तिको सन्दर्भ छ । यहाँको क्रान्तिको लागि एउटा दुईटा मोर्चा लडेर होइन । सयौं–हजारौं मोर्चाबाट गुजिर्नु पर्ने देखिन्छ । त्यसो नगरी नेपाली जनताको क्रान्ति विजयी हुन संभव छैन । मुख्य कुरा वैचारिक राजनीतिक मोर्चा र त्यसपछि सैन्य मोर्चा, सांस्कृतिक मोर्चा, जनपरिचालनको मोर्चा र संगठनको मोर्चाको कुरा हो । यी थुप्रै हार र जीतको शृंखला पार गरेर मात्रै नेपालमा हामीले क्रान्ति पुरा गर्न सक्छौ भन्ने कुरा सबै क्रान्तिकारीहरुले बोध गर्न जरुरी छ । यसरी नसोच्ने हो भने जितपछि उत्साहित हुने हारेपछि निराश हुने र अर्कोतिर लाग्ने अवस्था आउँछ । त्यसकारण क्रान्तिकारीहरुबीच धु्रवकिरण गर्दै जानुपर्छ भने अर्कोतिर देशको हितका लागि अन्य पार्टी र शक्तिहरुसँग पनि रणनैतिक दृष्टिले सहकार्य र मोर्चा निर्माणको आवश्यक हुन्छ । पछिल्लो समयमा भारतिय साम्राज्यवादी हस्तक्षेपलार्ई समेत माथ गर्ने गरी अमेरिकी साम्राज्यवादी हस्तक्षेप बढेर गएकोले देशलार्ई माया गर्ने देशभक्त र प्रगतिशील लोकतन्त्रवादीहरुसँग समेत कार्यगत एकता जरुरी छ र हामीले त्यो दिशामा पहल पनि अगाडि बढाइरहेका छौँ ।

यहाँले इमान्दार कम्युनिष्ट क्रान्तिकारीहरुको ध्रुवीकरणको प्रसङ्ग ल्याउनु भयो । प्रचण्डले पनि कम्युनिष्टहरु र विशेषतः पूर्वमाओवादीहरुबीच एकताको कुरा गरेको पाइयो । तपार्ईंहरुबाट हालै अलग भएर ने.क.पा.बहुमत पार्टी बनाएका धमेन्द्र बास्तोला (कञ्चन) ले पनि कम्युनिष्टहरुको बृहत् एकताको कुरा गर्नु भएको रहेछ । यो संयोग मात्रै हो कि ? साँच्चीकै एकता नै हुुँदैछ ? वा यी अभिव्यक्तिहरुबीच भाव र बुझाईमा कुनै अन्तर पनि छ ? के भन्नु हुन्छ ?

हामीले अगाडि सारेको विषय भनेको नेपालको क्रान्तिकारी आन्दोलनको एकीकरण र ध्रुवीकरणको कुरा हो । यसमा हाम्रो प्रष्ट दृष्टिकोण, विचार र प्रवृत्ति छ । मुलुकको वस्तुगत आवश्यकतालार्ई सम्बोधन गर्न जिम्मेवारी पूर्ण सोचाइका कारण पनि हामीले यसो भनिरहेका हौँ । जहाँसम्म प्रचण्डको कुरा छ, उहाँले ध्रुवीकरण होइन एकता भन्नु भएको छ । यसमा उहाँले विगतका माओवादीहरुको एकता र नेपालका कम्युनिष्टहरुको एकताको कुरा गर्नु भएको छ । सायद कञ्चनजीले पनि यही वरिपरी भन्नु भएको छ । प्रचण्डले भनेको एकताको कुराले पनि निश्चित विचार, प्रवृत्ति र निश्चित उद्देश्यले काम गरेको छ । हामीले भन्ने र प्रचण्डले भन्ने एकताको कुरामा शब्दमा समान जस्तो देखिए पनि भाव र उद्देश्यमा आधारभूतरुपमा भिन्न छ । उहाँले एकता गर्ने भनेको विद्यमान दलाल संसदीय व्यवस्थाभित्र काङग्रेस र एमालेभन्दा आफ्नो बर्चश्व कायम गर्नका लागि मात्रै हो । त्यसमा कुनै कम्युनिष्ट पार्टी निर्माण र क्रान्तिको गुञ्जायस छैन । जब यी दुवै विषय र विगतको समीक्षा गरेर अगाडि बढ्ने सोच हुँदैन, त्यहाँनेर कम्युनिष्ट एकताको कुरा गर्नु दलाल पुँजीवादीसँग तालमेल र विलिन गर्ने कुरा हुन जान्छ ।

त्यसैले प्रचण्डले गरेको एकताको कुरा दलाल संसदीय व्यवस्थाका लागि हो भने हामीले भनेको ध्रुवीकरणको क्रान्तिकारी कम्युनिष्ट पार्टी निर्माणका लागि हो । त्यसका लागि सबै इमान्दार कम्युनिष्टहरुलार्ई एक ठाउँमा ल्याउने, दलाल पुँजीवादको अन्त्य गर्ने र वैज्ञानिक समाजवादी व्यवस्था ल्याउने हाम्रो उद्देश्य हो । यसलार्ई एकीकृत जनक्रान्ति पुरा गर्ने कार्यभारसँग पनि जोडेर हेर्न सकिन्छ ।

इमान्दार क्रान्तिकारीहरुको एकीकरण र ध्रुवीकरणको उद्देश्यका साथ तपार्ईंहरुले केही क्रान्तिकारी कम्युनिष्ट पार्टीहरुबीच रणनैतिक मोर्चा पनि बनाउनु भएको थियो । त्यसमा खासै प्रगति भएको देखिएन । के यो मोर्चा असफल हुन थालेको हो ?

आफुलार्ई कम्युनिष्ट क्रान्तिकारी भन्ने पार्टीहरुलार्ई एकीकृत गर्ने हामीले पहल र बहस पनि गर्दै आएका छौँ । अझ किरण दाइहरुसँग त पछिल्लो पटक एकताको लागि ठोस पहल गर्ने वार्ता टोलीसमेत बनाएर छलफल गरेका थियौँ । हाम्रो पार्टीबाट म आफैँ त्यो टोलीको नेतृत्व गरेर छलफल पनि गरेको थिए । उताबाट गौरबजी र वसन्तजीहरु हुनुहुन्थ्यो । हामीले धेरै कुरा टुङ्ग्याएका पनि थियौ । खाली एकीकृत क्रान्तिको कार्यदिशा, अहिलेको साम्राज्यवादलार्ई उत्तर साम्राज्यवाद भनेको विषयमा टुङ्गिन बाँकी थियो । भारतलार्ई साम्राज्यवाद भन्ने बारे पनि केही बहसहरु थिए । पछिल्लो दिनमा थप बहसको आवश्यकता परेको छ । अरु पार्टीहरुसँग पनि छलफल बहस भैरहेको छ । हामीले यहाँनेर ध्यान दिनुपर्ने विषय भनेको नै कम्युनिष्ट क्रान्तिकारीहरुबीच केही समानता भएर नै कार्यगत एकता, सहकार्य र क्रान्तिकारी ध्रुवीकरणको कुरा गरिरहेका हुन्छौ ।

कुनै पनि पार्टी क्रान्तिकारी हो भन्ने भएपछि सर्वप्रथम त उसप्रति सकारात्मक दृष्टिकोण बनाउनु पर्छ । त्यसपछि थप अनुकुलता सिर्जना गर्नुपर्छ, प्रतिकुलता पैदा हुन दिनु हुँदैन । अर्को पार्टीलार्ई मद्दत पनि गर्नुपर्छ । यो एउटा आवश्यकता हो । यो नै कम्युनिष्ट दर्शनको सार पनि हो । तर, नेपालमा बिडम्बना के छ भने जसलार्ई हामीले सबैभन्दा नजिक ठानेका छौ । उसैको बारेमा हाम्रा सोचाइहरु संकीर्ण भैदिन्छन् । आग्रह–पूर्वग्रही हुन्छन् । अर्काको विकासबाट आपूm अभिप्रेरित हुने भन्दा टाउको दुखाउने समस्या छ । यो माक्र्सवाद होइन । यसैले क्रान्तिलार्ई क्षति पनि पु¥याएको छ । हामी सहकार्य गरिरहेका पार्टीहरुमा पनि यिनै समस्याहरु देखिएका छन । हामीले यसलार्ई सच्याउँदै एकता । ध्रुवीकरण, संयुक्तमोर्चा र कार्यगत एकताकै दिशामा जानुपर्दछ ।

पार्टीको नवौं महाधिवेशन आगामी असोज १–९ गतेसम्म गर्ने घोषणा भएको छ । यति लामो समय तालिका राखेर गर्न खोजेकोले महाधिवेशनलार्ई वैचारिक सैद्धान्तिक, राजनीतिक र संगठनमा व्यापक बहसको थलो बनाउने संकेत पनि देखियो । खासमा महाधिवेशनका छलफल र वहसका विषयहरु के–के होलान् ? प्रस्ट पारिदिनु हुन्छ कि ?

हामीले महाधिवेशन गत फाल्गुनमा नै सम्पन्न गरिसक्नु पर्ने थियो । केही कारणले त्यो संभव भएन । कोभिडको प्रभाव र एमसिसीविरुद्धको सडक संघर्षको आवश्यकताले त्यो ढिलार्ई हुन गएको हो । आगामी केही समयपछि मुलुकमा ठूलाठूला घटनाक्रम विकसित हुने देखिन्छ । त्यो अवस्थालार्ई सामना गर्न वैचारिक, राजनैतिक र कार्यक्रमिकरुपमा पार्टी तयारी रहनु पर्छ । पहिलो सवाल त यो नै भैहाल्यो । परिवर्तन चाहने श्रमजीवि जनताका लागि एउटा क्रान्तिकारी पार्टीको महाधिवेशन आफैँमा एउटा पर्व पनि हो । यसलार्ई हामी नेता, कार्यक्रता र अन्ततः जनताको महाधिवेशन बनाउन चाहान्छौ । जब कि विगतमा केही नेता–कार्यकर्ताको मात्रै महाधिवेशन भएका इतिहासहरु पनि छन् । हाम्रो यो महाधिवेशन नेपालको कम्युनिष्ट आन्दोलनका साथै विश्व कम्युनिष्ट आन्दोलनकै लागि पनि महत्वपूर्ण हुन्छ । हो, हामी नेपालमा क्रान्ति गर्दैछौँ । साथसाथै यसलार्ई विश्वव्यापी बनाउन चाहन्छौँ । त्यसका लागि एउटा अनुसन्धान हामीलार्ई चाहिएको छ ।

त्यो भनेको जसरी ८० को दशकपछि कम्युनिष्ट आन्दोलनहरुले जुन धक्का सामना गर्नु प¥यो । हामी त्यसको विचारधारात्मक कारण के हो भने अन्वेषण गर्न चाहान्छौ । त्यसको दार्शनिक पक्ष के हो त्यो जान्न चाहन्छौ । त्यसैका लागि हामी यो नवौँ महाधिवेशनलार्ई वैचारिक महाधिवेशन बनाउँछौ । हामीलार्ई थाहा छ आजको दुनियाँमा विचार, राजनीति र आर्थिक दृष्टिकोणले दुईवटा प्रणालीहरु अस्तित्वमा छन् । पुँजीवाद र समाजवाद । समाजवादी प्रणाली भनेको उत्पादन, वितरण र उपभोगमा सामुहिकता, सामुदायिकता र सार्वजनिकीकरण हो । जब कि पुँजीवाद यसको ठिक विपरित प्रणाली हो । सामुहिकता, मानवता र जनताको स्वामित्वलार्ई स्वीकार गर्ने समाजवादी अर्थप्रणाली सिद्धान्त सही हुँदाहुँदै पनि २० औ शताब्दीमा समाजवादी अर्थशास्त्रले असफलता व्यहोर्नु प¥यो । यसभित्रबाट पुँजीवाद जन्म्यो । उत्पादन, उपभोग र वितरणमा सामुहिक र राजकिय स्वामित्वमा कहाँनेर त्रुटि रहयो ? त्यसको शृङ्खला जोड्ने क्रममा कहाँनिर खाडल भयो ? जसका कारण समाजवाद–साम्यवादतिर गएन कि पुँजीवादतिर पो गयो । त्यसको अनुसन्धान जरुरी छ । त्यसकारण अर्थशास्त्रमा स्वामित्वको प्रश्नलार्ई हल गर्न अनुसन्धान गर्न चाहन्छौँ ।

अर्को कुरा, नेपालमा संसदीय व्यवस्था पूरै असफल भएको छ र विकल्पमा हामीले वैज्ञानिक समाजवादी व्यवस्थाको अवधारणा अघि सरेका छौ । हामीले भनेको समाजवादका विशेषताहरु के–के हुन्, त्यसलार्ई पनि ठोस र प्रस्ट गर्न हामी महाधिवेशन गर्दैछौ । कम्युनिष्ट पार्टीहरुमा विगतमा जसरी गुट, फुट र विभाजनको समस्याहरु छन् । त्यसका पनि कारणहरुलार्ई खोतल्न चाहन्छौ । यसमा पनि कम्युनिष्ट पार्टीले अवलम्वन गरिरहेको दृष्टिकोणले काम गरेको छ । त्यसलार्ई पनि खोज्न र विकास गर्न जरुरी छ । अहिले विश्वमा साम्राज्यवाद अलि नयाँरुपमा आएको छ । त्यसको पनि नयाँ ढंगले विश्लेषण गर्न आवश्यक छ । यी विषयहरु विश्वव्यापी महत्वका छन् । तिनलार्ई महाधिवेशन मार्फत् र आमजनताको बीचबाट संश्लेषण गर्न खोज्दैछौँ । यी विषयहरु यो देशका बौद्धिकहरु बीचको समेत विषयवस्तु हुनेछन् ।

ने.क.पा.बाट अलग्गिएका कञ्चन र सुदर्शनले पार्टीले स्थानीय तहको चुनावलार्ई प्रयोग गर्ने कार्यनीति लिएको छ र ८ औँ महाधिवेशनले दर्शनको क्षेत्रमा सजातीयहरुबीचको एकत्व भनेर गरेको विश्लेषणले पार्टीमा अधिभूतवादी निषेधवाद हावी भयो भनेर विरोध गर्नु भएको छ । यसबारे संक्षेपमा कसरी टिप्पणी गर्नुहुन्छ ?

सारसंक्षेपमा भन्दा हामीले प्रचण्डहरुसँग संघर्ष गरेर जुन उद्देश्यका साथ पार्टी बनायौ र क्रान्तिको कार्यदिशा एकीकृत जनक्रान्ति संश्लेषण गयौं, त्यो कुराहरुलार्ई कञ्चन सुदर्शनहरुले बुझ्नै सक्नु भएन । हामीले अघि सारेको कार्यदिशा भनेको न त यो जनयुद्ध हो । न त यो आमसशस्त्र विद्रोह थियो । तर, यी दुवै स्वरुपका क्रान्तिका मोडेलहरुको सारतत्वसहितको २१ औ शताब्दीका विशेषता र मौलिकतासहितको नेपाली क्रान्तिको कार्यदिशा एकीकृत क्रान्ति हो यसलार्ई पनि उहाँहरुले बुझ्न सक्नु भएन । माक्र्सवादको सैद्धान्तिक र प्रयोगात्मक पक्षलार्ई समेत बुझ्नु भएन । जसका कारण चुनावी कार्यनीतिलार्ई उहाँहरुले संसद्वाद देख्नु भयो । उहाँहरु त कस्तो हुनु भयो भने माक्र्सवादमा रणनीति, कार्यनीति, सिद्धान्त, व्यवहार, नेता र कार्यकर्तासमेत नबुझ्ने हुनुभयो । भन्न त उहाँहरुले माक्र्सवादप्रति सुझबुझको कुरा भन्नु भएको छ । यो सही होइन किनकि हामीसँग एकीकृत जनक्रान्ति छ र यो नै अहिलेको माक्र्सवाद हो । यो माक्र्सवादको नयाँ विकास पनि हो भनेका छौ । यो कुरामा त उहाँहरु पनि सहमत हुनुहुन्थ्यो ।

हामीले के.स.को १२ औ बैठकमा चुनावी कार्यनीतिबारे बहस ग¥यौँ र एकमतले पारित पनि ग¥यौँ । उहाँहरु के.से.को निर्णय लागू गर्ने तहसम्म पनि पखिर्नु भएन । उल्टै पार्टी फुटाउनतिर जानु भयो । कार्यनीति विषयमा कही पार्टी फुट्छ ? हो कार्यनीतिमा पनि फुट्न सक्छ । कार्यनीतिको सम्बन्ध रणनीतिसँग हुनुपर्छ । उहाँहरुको अन्तर के मा छ ? दलाल पुँजीवादी सत्तालार्ई विस्थापित गरेर वैज्ञानिक समाजवाद स्थापना गर्ने हामीले भनेका छौ । उहाँहरु यही भन्दै हुनुहुन्छ । सैन्य कार्यदिशामा एकीकृत जनयुद्ध भन्नु हुन्छ । त्यो कसरी हुन्छ ? जनयुद्ध भन्ने कुरा एकीकृत जनयुद्ध हुँदैन । जनयुद्धमा एकीकृत भन्ने बित्तिकै एकीकृत जनक्रान्ति हुन्छ । त्यो जनयुद्धमा एकीकृत थप्ने भनेको जनयुद्धले मात्रै पुग्दैन भन्ने होइन र ? उहाँहरुले के नयाँ भन्नु भएको छ र ? कार्यनीतिमा स्वाधिन सरकार भन्नु भएको छ । त्यो त हामी सँगसँगै हुँदा प्रगतिशिल संयुक्त सरकार र जनमत संग्रह हुँदै वैज्ञानिक समाजवाद भनेकै थियौँ ।

कम्युनिष्ट पार्टीलार्ई जहाँसम्म सजातियहरुबीचको एकत्वको रुपमा बुझ्ने सवाल छ । यो भनेको कम्युनिष्ट पार्टीमा हुने छुटफुट र विभाजनको कारण खोज्दै जाँदा यसको विचारधारात्मक समाधानको रुपमा ८औँ महाधिवेशनले पास गरेको हो । यो भनेको कम्युनिष्ट पार्टीलार्ई आधारभूत रुपमा माक्र्सवादका आधारमा सजातिय र सकार्यदिशाबीच एकत्व हुने कुरा हो । माक्र्सवाद र संशोधनवाद, द्वन्द्ववाद र आदर्शवाद, कम्युनिस्ट र पुँजीवादसँगसँगै हुन सक्दैन र त्यसो हुन दियो भने फुट र विभाजन हुनतिर जान्छ भनिएको हो ।

प्रस्तुतिः शेरबहादुर विश्वकर्मा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

1 प्रतिक्रिया “प्रचण्डको एकताको कुरा संसदिय व्यवस्थाका लागि हो भने हामीले भनेको ध्रुवीकरण समाजवादी क्रान्ति पूरा गर्नका लागि होः प्रकाण्ड

  1. यसमा १००% सत्यता छ सर हामिले बेलईमा बुद्दी पुर्याउनु पर्छ नत्र भने हाम्रो देश पनि युकेन जस्तै हुन्छ।

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।