१५ बैशाख २०८१, शनिबार

नवउदारवादलाई स्वीकार्दा देश टाँट पल्टियो : अनिल सी

0

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य अनिल सीले नेपालले नवउदारवाद स्वीकार्दा देश टाँठ पल्टिएको बताएका छन् । शनिबार नेकपा ललितपुर महानगरपालिकाले आयोजना गरेको ‘वर्तमान राष्ट्रिय संकट र समाधान’ विषयक अन्तरक्रियामा बोल्दै अनिलले नवउदारवादको चरित्र नै देशलाई टाँट पल्टाउने भएकाले त्यही चरित्रका कारण नेपाल पनि टाँट पल्टिएको बताए ।

नवउदारवादका कारण नेपालमा राष्ट्रिय उद्योगहरू बन्द भएको भन्दै त्यसले नै देशको वर्तमान संकट ल्याएको उनको भनाई थियो । ‘नेपालमा आफ्नै जुत्ता उद्योग थियो, कपडा उद्योग थियो, धागो कारखाना, कागज उद्योग थियो, रबर उद्योग थियो । देशलाई चाहिने सम्पूर्ण सामाग्री नेपालमै बन्थ्यो ।’, उनले भने, ‘नेपालमा नवउदारवादको सुरुवातसँगै यी उद्योहरू बन्द भए । देश परनिर्भर भयो । त्यही कारण नेपाल संकटमा आयो ।’

उद्योगहरू संचालनमा हुँदा लाखौं नेपालीले रोजगारी प्राप्त गरेको दृष्टान्त प्रस्तुत गर्दै उनले नवउदारवाद नै देशको समस्या भएको बताए । उनले नवउदारवादको अन्त्य नै देशको संकटको समाधान भएको उनको भनाई थियो । उनले नेपालमा नेपाली माटो सुहाउँदो नेपाली विशेषताको समाजवाद अबको विकल्प भएको बताए ।

नेपालमा राजा महेन्द्रले नवउदारवादको विजारोपण गरेका थिए भने राजा विरेन्द्र र नेपाली काँग्रेस मिलेर नेपालमा नवउदारवाद लागु गरेका थिए । नवउदारवादका कारण चीन र रुसले लगानी गरेर नेपाल सरकारलाई हस्तान्तरण गरेका सयौं उद्योगहरू बन्द भएका थिए । अन्तरक्रिया कार्यक्रमको अध्यक्षता ललितपुर जिल्ला इन्चार्ज विपिन सीले गरेका थिए ।

कार्यक्रममा विभिन्न क्षेत्रका उपलब्ध प्रतिष्ठित व्यक्तित्वहरुको सहभागिता रहेको थियो । कार्यक्रममा बोल्ने सबै वक्ताहरुले देश संकटमा रहेको र यसलाई निकास दिनका लागि नेकपाले पहलकदमी लिनुपर्ने बताए ।  

 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।