२१ बैशाख २०८१, शुक्रबार

अखिल (क्रान्तिकारी) म्याग्दी  जिल्लाको १९ औं जिल्ला सम्मेलन सम्पन्न, अध्यक्षमा रोहित सी  

0

नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) म्याग्दी जिल्लाको १९ औँ जिल्ला सम्मेलन सम्पन्न भएको छ । नेपाल कम्युनिस्ट पार्टी स्थायी कमिटी सदस्य तथा जवस फ्र्याक्सन इन्चार्ज  शिलु सीको प्रमुख आतिथ्यतामा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा गण्डक इन्चार्ज राजन  सी, नेकपा केन्द्रीय सदस्य तथा धौलागिरी ब्यूरो इन्चार्ज विकिरण सी, म्याग्दी जिल्ला इन्चार्ज उषा सी, अखिल (क्रान्तिकारी) गण्डक कमान्ड इन्चार्ज प्रकाश सी, धौलागिरी ब्यूरो इन्चार्ज उपेन्द्र सी र बागलुङ जिल्ला संयोजक सुधन सीको आतिथ्यतामा सम्पन्न भएको हो ।

प्रमुख अतिथि शिलु सीले सम्मेलनबाट निर्वाचित टिमले शैक्षिक दलाल तथा भ्रष्टहरुविरुद्ध लडाइँ गर्न अबको विद्यार्थीहरुले महत्वपूर्ण रोल खेल्नु पर्नेमा जोड दिएकी छन् ।

विद्यार्थीहरुको भविष्यमाथि दलाल भ्रष्टहरुले गम्भीर खेलवाड गरिरहेकोले त्यसका विरुद्ध निर्मम हुनुपर्ने भन्दै राष्ट्र निर्माणमा युवा विद्यार्थीले महत्वपूर्ण भुमिका निर्वाह गर्नुपर्ने समय आएको बताए । फागुन ६ गतेदेखि ९ गतेसम्म संगठनको राष्ट्रिय सम्मेलन हुने भएकोले उक्त सम्मेलनमा नेपालको शैक्षिक अवस्था र अबको शिक्षा प्रणाली, युवा विद्यार्थीको भविष्य, दायित्वबारे बृहत् छलफल गरिने हुँदा सबै युवा विद्यार्थीहरु सम्मेलनको उद्घाटन समारोहमा सहभागी हुन अपिल गरे ।

यस्तै कार्यक्रमका विशिस्ट अतिथि नेकपाका केन्द्रीय सदस्य गण्डक इन्चार्ज राजन सीले दलाल पुजीवादी संसदीय व्यवस्था अहिले मुख्य बाधक रहेकाले यसलाई भट्काएर वैज्ञानिक समाजवादी राज्यव्यवस्था स्थापना गर्नुपर्ने आवश्यकता रहेको बताए ।

सम्मेलनले अध्यक्षमा रोहित सी, उपाध्यक्ष मनिषा  सी, विशाल सी,  सचिव सुमन, सहसचिव बिनिता,  करिस्मा र कल्पना सी र कोषाध्यक्ष बिनिता सीसहित ४१ सदस्यीय जिल्ला कमिटी चयन गरेको छ ।

त्यसैगरी पार्टीको केन्द्रिय सदस्य तथा धौलागिरी ब्यूरो इन्चार्ज विकिरण सीले विद्यार्थी भनेको देशको भविष्य भएको बताए ।
अखिल (क्रान्तिकारी) गण्डक कमान्ड इन्चार्ज प्रकाश सीले विद्यार्थीहरुको भविष्य नेपालमा नरहेको बेला चुप लागेर बस्न नहुने भन्दै अब आफ्नो भविष्य कोर्न आफै लाग्नु पर्ने बेला आएको र त्यसको जिम्मेवार अखिल क्रान्तिकारीले लिने बताए ।

संगठनको धौलागिरी ब्यूरो इन्चार्ज उपेन्द्र  सीले पनि निर्वाचित समितिलाई बधाई दिदै राष्ट्र र जनताको पक्षमा सदैव आन्दाेलित हुन आग्रह गरे । अहिलेको शिक्षा सहि नभएकाले वैज्ञानिक समाजवादी शिक्षा ल्याउन सबै लाग्नुपर्ने बताए । देश सबै हिसाबले खराब भएकाले सहि नेतृत्वको आवश्यक रहेको भन्दै वैज्ञानिक समाजवादबाट मात्र सबै संकटको हल हुने बताए ।
संगठनका जिल्ला अध्यक्ष  मनिशा सीको अध्यक्षतामा भएको कार्यक्रमकाे सञ्चालन रोहित सीले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।