२२ बैशाख २०८१, शनिबार

साम्राज्यवादीहरुको अखडा बनाएर देश लुट्न दिइदैन : विप्लव

0

बुटवल: नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले विभिन्न चलखेलद्वारा साम्राज्यवादीहरुको अखडा बनाएर देश लुट्न खोजिएको बताउँदै त्यसका विरुद्ध जनताको सहभागितामा नेकपाको नेतृत्वमा प्रतिरोध गर्ने बताएका छन् ।
शनिबार नेकपा रुपन्देहीले बुटवलमा आयोजना गरेको वर्तमान परिस्थिति र नेपाली विशेषताको समाजवाद विषयक अन्तरक्रिया कार्यक्रममा सम्बाेधन गर्दै उनले यस्तो बताएका हुन् ।
एमसीसी एसपीपीकाका नाममा साम्राज्यवादले आफ्नो रणनीति पूरा गर्न खोजेको भन्दै दलाल पुजीवादको सहायताका आवरणको स्वार्थ असफल पार्ने बताए । जनतासँग लोकप्रीयता बढ्दै गएपछि जनतासँग नजिकिन नपाउन् भनेर विभिन्न झुठ्ठा मुद्दा लगाउने र धरपकड गर्नेतिर राज्य उद्देलित भएको बताए ।
महासचिव विप्लवले भने, ‘एनसेल, ललिता निवास लगाएतका मुद्धाका विरुद्धको संघर्षमा विभिन्न झुट्टा मुद्धा लगाएर अहिले पनि ३ दर्जन बढि नेता कार्यकर्ता कैदी जीवन जिउन बाध्य छन् ।’


पार्टीको अवधारणा राख्दै महासचिव विप्लवले नेपालमा कुनै न कुनै प्रकारको समाजवादका बारेमा पहिलैदेखि बहस हुँदै आएपनि नेपालको विशेषता सुहाउँदो समाजवादका विषयमा आफ्नो पार्टीले देशैभरी बहस, सम्वाद गर्दै आएको बताए ।
उनले भने,-‘मूलभुतरुपमा राजनीतिक मूलधारमा समाजवादबारे बहस भइरहेकै छ । हामीले नेपाली विशेषताको समाजवादबारे बहस चलाइरहेका छौं । बिपीले सारेको प्रजातान्त्रिक समाजवादभित्र पनि केही जनपक्षीय धारा थियो । समाजवादले मुख्य दुई अन्तरविरोध नेपाल र साम्राज्यवादबिचको अन्तरविरोध एवं दलाल पुजीवादी सत्ता र नेपाली जनताबिचको अन्तरविरोध को गाँठो फुकाउनु पर्ने छ । २० औं सताब्दिको वैज्ञानिक समाजवाद विघटन भयो । केही समस्याहरु थिए। अब ती सबै कुरालाई सम्बोधन गर्ने नेपाली विशेषताको समाजवादका लागि सबै अगाडि बढौं ।’
महासचिव विप्लवले चार मित्रशक्तिहरुको सहकार्य र चार वर्गशक्तिहरुको सहकार्यमा हुने समाजवाद नै नेपाली विशेषताको समाजवाद हुने बताए । उनले वामपन्थी शक्तिहरु, लोकतान्त्रिक गणतन्त्रवादी शक्तिहरु, देशभक्त शक्तिहरु र विभिन्न खाले समाजवादी धाराहरुसँगको सहकार्य एवं श्रमिक मजदुर वर्ग, मध्यम वर्ग र राष्ट्रिय पुजिपतिवर्गको सहभागितामा अबको समाजवादको बाटो समात्ने बताए । यस्तैगरी समाजवादको शासनप्रणाली, अर्थनीति, उत्पादन नीति, शैक्षिक, स्वास्थ्यलगायतका नीतिहरुमा थप छलफल र बहस गर्दै अवधारणालाई समृद्ध पार्ने र देश र जनतालाई निकास दिनेगरी अगाडि बढ्ने उल्लेख गरे ।
करिब डेढ घन्टा लामो मन्तव्य राख्दै महासचिव विप्लवले भने- ‘राज्य अस्थिरता र संकटतर्फ धकेलिंदै छ । संकटको मूल्य नेपाली जनताले चुकाउनु परेको छ । अर्थतन्त्रमा परनिर्भरता बढ्दोछ । युवा पलायनता बढ्दो छ। त्यसैले युवाहरुलाई आशा जगाउने र मुलुकमै रहन प्रोत्साहन गर्नु पर्छ। युवाहरुमा आशा जगाउन नसके देश पलायन हुनुको विकल्प छैन ।’
राजनैतिक नेतृत्व भोगविलासी बनेकोमा चिन्ता व्यक्त गर्दै श्रमिक वर्गबाट छुटेको राजनैतिक नेतृत्व टिकाउँ नहुने समेत दाबी गरे ।
साथै समृद्धीसंगै समानता हुने राज्यव्यवस्था हुनुपर्छ । सत्तालाई जनताको सेवा गर्ने साधन बनाईनुपर्छ।एकपटक देश र जनताको सेवा गर्ने रहर छ जुनसुकै तरिकाले होस इमान्दार रुपमा जनताको सेवा गर्ने सत्ता कस्तो हो देखाउने चाहना छ । जसका लागि नेपालका सबै कम्युनिस्टहरु एक ठाउँमा आउन समेत जरुरी छ ‘ विप्लवले भने ।
यस्तै कार्यक्रममा नेकपाका पिबिएम एवं लुम्बिनि ब्युरो इन्चार्ज वसन्त सीले हजारौंको बलिदानबाट प्राप्त गणतन्त्रले पनि जनताका मुद्धाहरुलाई सम्बोधन नगर्दा निरासा छाएको भन्दै विद्रोह र निकासको खोजी भइरहेको बताए । उनले नेपाली विशेषताको समाजवादलाई प्रस्थान बिन्दु बनाएर अगाडि बढ्नुको विकल्प नरहेको समेत ठोकुवा गरे ।


नेकपाका केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज शरद सीको अध्यक्षता केन्द्रीय सदस्य विश्वास सीको स्वागत एवं जिल्ला सेक्रेटेरी विरेन्द्र सीको संचालनमा सम्पन्न कार्यक्रममा वामपन्थि लेखक, साहित्यकार तथा वरिष्ठ अधिवक्ता दिल साहनी, वापन्थी लेखक साहित्यकार ऋषीराम भुषाल, वरिष्ठ पत्रकार डा. बालकृष्ण चापागाईं, नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक निर्मल जी.सी., नेकपा एमाले जिल्ला उपसचिव हितराज पन्थी, क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका केन्दीय सदस्य लक्ष्मीकान्त पौडेल, नेपाली काङ्ग्रेस नगर उपसभापति ज्योती भण्डारी, जसपाका केन्द्रीय कार्यकारी समिति सदस्य मनिकर कार्की, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष टानबहादुर केसी, नेपाल समाजवादी पार्टीका प्रदेश अध्यक्ष कमल खनाल, एकीकृत समाजवादीका जिल्ला उपाध्यक्ष चिन बहादुर गुरुङ्ग, राष्ट्रिय स्वाधीनताका लागि नागरिक अभियानका अध्यक्ष पदम कार्की, मानवअधिकार शान्ति समाजका पूर्व अध्यक्ष गोबिन्द खनाल, वाम बुद्धीजीवि बिनबहादुर कुँवर लगायतले बोल्दै संविधानमा समेत उल्लेखित समाजवाद कस्तो खालको समाजवाद हो नेकपाले जस्तै सवै दलले नेपाली जनतालाई प्रष्ट पार्न सक्नुपर्ने बताएका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।