२० बैशाख २०८१, बिहीबार

अखिल (क्रान्तिकारी) ललितपुरको अध्यक्षमा जनक सी

0

काठमाडौं – अखिल (क्रान्तिकारी) ललितपुरको अध्यक्षमा जनक सी निर्वाचित भएका छन् । जिल्लाको ऐतिहासिक २६ औँ सम्मेलनबाट जनक सी सर्वसम्मत निर्वाचित भएका हुन् ।

उनको नेतृत्वमा ४१ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको छ । कार्यसमितिको उपाध्यक्षमा हेमु सी, सचिवमा विवेक सी, सह सचिवमा फिरोसा सी र कोषाध्यक्षमा सन्ध्या सी निर्वाचित भएका छन् ।

बिहीबार पाटन मा.वि., पाटनढोका भएको सम्मेलनले राष्ट्रिय सम्मेलन सम्पन्न पार्नका लागि जिल्ला कमिटी जुट्ने निर्णय गरेको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।