१६ चैत्र २०८०, शुक्रबार

चार कम्युनिष्ट पार्टीको संंयुक्त प्रेस वक्तव्य

चार क्रान्तिकारी कम्युनिष्ट पार्टीको एसपीपी (राज्य स्तरिय सैन्य साझेदारी कार्यक्रम)लाई खारेज गर्न संयूक्त प्रेस वक्तव्य जारी

0

काठमाण्डौँ:    चार क्रान्तिकारी कम्युनिष्ट पार्टीको आज बसेको वैठकले एसपीपी (राज्य स्तरिय सैन्य साझेदारी कार्यक्रम) लाई खारेज गर्न संयूक्त प्रेस वक्तव्य जारी गरेका छन् । नेपालको राष्ट्रिय स्वाधीनता, राजनैतिक, आर्थिक, जनजीवीका र सामाजिक सुरक्षा लगायतका समस्याहरूलाई वल्झिन नदिन र राष्टघात, जनघातबाट मुलुकलाई जोगाउन चार क्रान्तिकारी पार्टीहरू संयूक्त जनसंघर्षमा जुटेका छन् । ०७९ श्रावण ८ गते बसेको वैठकको निर्णय अनुसार चरणबद्ध श्रावण १० गते संयूक्त पत्रकार सम्मेलन, १३ गते देश व्यापी कोण सभा सम्पन्न गरिसकेका संयूक्त दलहरूले ०७९ श्रावण १५ गते देश व्यापी मशाल जुलुश, १८ गते काठमाण्डौमा अन्तरकृया र २१ गते प्रदेश सदरमुकाम र काठमाण्डौमा विरोध प्रदर्शन गर्ने पुर्वघोषित कार्यक्रम संगसंगै यस विज्ञप्तिले आम नागरिकहरूलाई सचेत र जागरुक गराएको छ ।

चार क्रान्तिकारी कम्यूनिस्ट पार्टीको
सयुक्त प्रेस वक्तव्य यस प्रकार छ ।

आज मिति २०७९ साल श्रावण १४ गते हामी जिम्मेवार चार कम्यूनिष्ट पार्टीले एसपीपी (राज्य स्तरीय सैन्य साझेदारी कार्यक्रम) लाई खारेज गर्न यो प्रेस विज्ञप्ती जारी गरेका छौ ।
१) हामी चार जिम्वेवार कम्यूनिष्ट पार्टीहरू विगतका एमसीसी विरोधी संघर्षदेखि राष्ट्रियता, जनतन्त्र र जनजीवीकाको पक्षमा निरन्तर संघर्ष गर्दै आईरहेका छौ । सबैलाई थाहाँ छ राष्ट्रघाती एमसीसी सम्झौतापछि अमेरिकी साम्राज्यवाद नेपालमा सेना भित्र्याउने वैधानिकता खोजिरहेको छ र यो उद्देश्यले जसरी पनि एसपीपी पास गराउन चाहान्छ । यसको लागि दोश्रो पटक यही श्रावण १२ गते दक्षिण एशियाली मामिला हेर्ने अमेरिकी विदेश सहायक मन्त्री डोनाल्ड लु नेपाल आएका छन् र राजनीतिक तथा कुटनीतिक भेटघाटलाई तीव्र बनाएका छन् । हामी चार जिम्मेवार कम्युनिष्ट पार्टी यो हस्तक्षेपको घोर विरोध गर्दछौ ।
२) नेपालका श्रमिक जनता देशभक्त शक्ति तथा क्रान्तिकारी शक्तिहरूको संघर्षको कारण राष्ट्रघाती एसपीपी सम्झौता पारित गर्न राज्य असफल भएको छ र वाध्य भएर अमेरिकी सरकारलाई पत्र लेख्न पुगेको छ । यसका लागि राष्ट्रिय स्वाधीनताको पक्षमा संघर्ष गर्ने सबै शक्तिहरूलाई हामी धन्यवाद दिन चाहान्छौ । साथै राज्यलाई कुनै पनि स्थितिमा यो राष्ट्रघाती सम्झौतामा नफस्न र नगर्न चेतावनी दिन चाहान्छौ ।
३) गठबन्धन सरकारले विगतमा पनि एमसीसी सम्झौता यसरी नै षड्यन्त्रपूर्ण ढंगले पास गर्न पुगेको हो । अहिले पनि नेपाल सरकारले वाध्यतामा अमेरिकी सरकारलाई चिठ्ठी लेख्न पुगेको छ । साम्राज्यवादी अमेरिकाले कुनै पनि हालतमा नेपाललाई आफ्नो प्रभुत्व भित्र लिने रणनीति अन्तर्गत कामहरू गरिरहेकोले राष्ट्रघाती सम्झौताहरू हुने संकट तरिसकेको छैन् । यस स्थितिमा राष्ट्रिय र सार्वभौमिकताको रक्षाका पक्षधर, क्रान्तिकारी कम्युनिष्ट, देशभक्त साथै नागरिकहरूमा सचेत र जागरुक भईरहन हार्दिक आग्रह गर्दछौ । साथै हामी चार कम्युनिष्ट पार्टीले चलाईरहेको संघर्षमा सक्रिय सहभागी वन्न र यो राज्यसत्ताको विकल्प निर्माणमा सहयोगी हुन विशेष अपिल गर्दछौ ।

१४ श्रावण २०७९
विप्लव महासचिव नेपाल कम्युनिष्ट पार्टी, ऋषि कट्टेल अध्यक्ष नेपाल कम्युनिष्ट पार्टी, आहुती महासचिव वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपाल, कर्णजित वुढाथोकी क. सुशील अध्यक्ष नेकपा (माओवादी समाजवादी)ले संयुुक्त हस्ताक्षर गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।