११ बैशाख २०८१, मंगलवार

अखिल (क्रान्तिकारी ) का बैठक धमाधम

नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)का प्रदेश तथा जिल्लाहरुका वैठक तीब्र रूपमा सम्पन्न

0

  काठमाण्डौँ:               नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)का प्रदेश तथा जिल्लाहरुका वैठक तीब्र रूपमा सम्पन्न भएका छ्न।
आज प्रदेश नं १ को बैठक झापाको विर्तामोडमा सम्पन्न भएको छ।अखिल (क्रान्तिकारी)का प्रदेश नं १ का इन्चार्ज हरि पुनको अध्यक्षता तथा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य तथा झापा मोरङ जिल्ला इन्चार्ज सुमनसिंह पौडेलको प्रमुख आतिथ्यता ,अखिल (क्रान्तिकारी)का केन्द्रिय सदस्य द्वय खगेन्द्र सितौला र विनोद मगरको आथित्यता रहेको थियो।
बैठकमा प्रदेश नं १ का १४ जिल्लाका अध्यक्ष संयोजक हरुको सहभागीता रहेकोे थियो । बैठकका प्रमुख अतिथि पौडेलले युवा विद्यार्थीहरु बिना संकोच विजय भावका साथ अगाडि बढ्नु पर्ने र पार्टीले कुनै पनि अवस्थामा पनि धोका नदिने बताए । संगठनका केन्द्रिय सचिवालय सदस्य तथा प्रदेश नं १ का इन्चार्ज हरि पुनले पूर्व क्षेत्रमा संगठनलाई मजबुत बनाउन संगठन बिस्तारलाई तीब्र बनाउने र पूर्वलाई अखिल क्रान्तिकारीको किल्ला बनाउने बताए ।
यस्तै आजै चितवन जिल्ला र क्याम्पस जिल्लाको २६ औं सम्मेलन आयोजक समितिको वैठक सम्पन्न भएको छ।
चितवन जिल्लाको विशेष वैठक अखिल (क्रान्तिकारी)का केन्द्रिय उपाध्यक्ष नरेन्द्र विश्वकर्माको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो। बैठकले यहीँ भाद्र २३ गते चितवन जिल्लाको सम्मेलन गर्ने निर्णय लिएको जनाइएको छ।
यस्तै क्याम्पस जिल्लाको २६ औं सम्मेलन आयोजक समितिको पूर्ण बैठक संगठनका महासचिव ललित विकको प्रमुख आतिथ्यतामा महत्वपूर्ण निर्णय गर्दै सम्पन्न भएको बताइएको छ।
लुम्बिनी प्रदेशका दाङ ,सल्यान ,रुकुम ,रोल्पा जिल्ला र कर्णाली प्रदेश ,सुदुर पश्चिम प्रदेश र जिल्लाहरुको बैठकहरु तीब्र गतिमा सम्पन्न भएको संगठनका केन्द्रिय कार्यालय सचिब लोकेश जोशिले बताए ।।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।