१५ बैशाख २०८१, शनिबार

अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ बारा, पर्साकाे संयुक्त जिल्ला सम्मेलन सम्पन्न

0

नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियनन महासंघ बारा, पर्साकाे संयुक्त ८ औँ जिल्ला सम्मेलन हालै बाराकाे फेटा गाउँपालिकामा सम्पन्न भएको छ ।
नेपाल कम्युनिस्ट पार्टी पुर्वी नारायणी ब्युरो अन्तर्गत अखिल नेपाल ट्रेड युनियन क्रान्तिकारी बारा, पर्सा जिल्लाको संयुक्त जिल्ला सम्मेलन संघका केन्द्रीय बरिस्ठ उपाध्यक्ष पुर्वी कमान्ड इन्चार्ज नारायन सीको अध्यक्षता भएको थियो । उक्त कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय समितिका पोलिट ब्युरो सदस्य पुर्वी नारायणी ब्युरो इन्चार्ज रक्तिम सीकाे प्रमुख आतिथ्यता थियो । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य अखिल नेपाल क्रान्तिकारी यातायात मजदुर संघका केन्द्रीय इन्चार्ज मिना सीको विशेष आतिथ्यता रहेको थियो भने अथितिहरुमा दक्षिण बारा जिल्ला सेक्रेटरी जिज्ञासु सी, पत्रकार सुदर्शनराज पाण्डे लगायतको उपस्थिति थियो । सम्मेलनले बारा जिल्ला अध्यक्षमा मुक्तार ठकुराइलाई निर्वाचित गरेको छ । उपाध्यक्षमा मनिफ सी, सचिवमा जयनब सी, कोषाध्यक्षमा साहियप लगायत १५ सदस्यी समिति निर्वाचित गरेको छ भने पर्सा जिल्लाको हकमा कमलेस सीको नेतृत्वमा ९ सदस्यीय जिल्ला समिति निर्वाचित गरेको छ ।


कार्यक्रमकाे संचालन ब्युरो सदस्य इमरान सीले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।