१५ बैशाख २०८१, शनिबार

विराटनगरमा ‘वर्तमान आर्थिक-राजनीतिक सङ्कट र संचारमा यसको दुष्प्रभाव’ विषयक अन्तरक्रिया हुँदै

0

विराटनगर– विराटनगरमा ‘वर्तमान आर्थिक-राजनीतिक सङ्कट र संचारमा यसको दुष्प्रभाव’ विषयक अन्तरक्रिया हुने भएको छ । चैत ९ गते नेपाल पत्रकार महासंघ, मोरङको हलमा अन्तरक्रिया हुने भएको हो । 

जनपत्रकार संगठन, नेपाल केन्द्रीय समितिको आयोजनामा हुने अन्तरक्रियामा पत्रकार सम्बद्द संघ संस्थाका प्रतिनिधि, मानवअधिकारकर्मी, कानून व्यवसायी, उद्योगी, व्यवसायीबिच छलफल हुनेछ । कार्यक्रममा नेकपा स्थायी समिति सदस्य अनिल सीको प्रमुख आतिथ्यता रहने जनपत्रकार संगठनले जनाएको छ । 

अन्तरक्रियामा अनिल सीले लेखेको ‘वर्तमान आर्थिक-राजनीतिक सङ्कट र संचारमा यसको दुष्प्रभाव’ विषयक अवधारणा-पत्र प्रस्तुत हुनेछ । उक्त अवधारणा पत्रमा वक्ताले आफ्नो धारणा राख्नेछन् ।

उक्त कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको जनपत्रकार संगठनका सचिवालय सदस्य शोभराज बरालले बताए । बराल तयारीका लागि विराटनगरमा छन् । अन्तरक्रियाकाे व्यवस्थापन नेकपा माेरङले गरेकाे छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।