१६ बैशाख २०८१, आईतवार

वर्तमान राजनीतिक संकट र यसको समाधान विषयक अन्तरक्रिया भक्तपुरमा सम्पन्न, संकटको कारण वर्तमान व्यवस्था, समाधान समाजवाद

0

काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी भक्तपुरद्वारा आयोजित वर्तमान साजनीतिक संकट र यसको समाधान विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बुधबार भक्तपुरको लोकन्थलीमा नेकपाका स्थायी समिति सदस्य सुशिल सीको प्रमुख आतिथ्यता तथा केन्द्रिय सदस्य अखिल सीको अध्यक्षतामा सम्पन्न भएको हो ।

नेकपा भक्तपुर जिल्ला सदस्य अपार सीको संचालनमा सम्पन्न अन्तरक्रियामा नेकपाका पोलिट ब्युरो सदस्य कान्छाराम सी लगाएत विभिन्न राजनीतिक दल समाजसेवी, बुद्धिजीवीहरुको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा अन्तरक्रियाको विषयसँग अनुबन्धित रहेर तयार पारिएको अवधारणा पत्रमाथि केन्द्रित रहेर अतिथि वक्ताहरुले आफ्नो धारणा राखेका थिए । वर्तमान राजनीतिक संकटको मूल जड परनिर्भर अर्थतन्त्र र वर्तमान व्यवस्था रहेकोमा सबै वक्ताहरु एकमत देखिन्थे ।

कार्यपत्रमाथि आफ्नो धारणा राख्दै बुद्धिजीवी दिनेश मैनालीले अहिले देखिएको युवा पलायन परनिर्भरता युवाहरुमा छाएको नैरास्यता यही वर्तमान व्यवस्थाको उपज भएको बताउँदै यसको विकल्प जनतालाई दिनुपर्नेमा जोड दिए ।

उनले भने, ‘वर्तमान राजनीतिक संकटको जिम्मेवार अव्यवस्थित शासन प्रणाली, गैर जिम्मेवार राजनीतिक दल र दलाल पुँजीवाद हो। संगै अव्यवस्थित अवैज्ञानिक सिक्षा प्रणाली हो यसलाई अहिलेकै अवस्थाबाट हाल गर्न सकिदैन समाजवादमा मात्र यो सम्भव छ।’

त्यस्तै प्याप्सनका बागमती प्रदेश उपाध्यक्ष सानुराजा कार्कीले दलाल पुँजीवादका कारणले नेपालमा वर्तमान संकट देखापरेको बताए। उनले भने, ‘नेपालमा बर्माबाट आएका मादेहरुको व देशको समग्र अर्थतन्त्र टिकेका कारण नेपालमा संकट देखापर्यो पुँजी पालायन बढ्यो अहिले सबै क्षेत्रमा दलाल पुँजीवादको दवदवा बढिरहेको छनेपालका यसको अन्त्य जरुरी छ।’

त्यस्तै क्रान्तिकारी कम्युनिस्ट पार्टीका भक्तपुर जिल्ला संयोजक रोजनले वर्तमान दलाल संसदीय पुँजीवादी व्यवस्थाका कारण राजनीतिक अस्थिरता बढाएको र देशमा संकट देखा परेको बताए।

उनले भने, ‘अहिलेको राजनीतिक संकटको समाधान यहि व्यवस्थाको गोलचक्करले हुँदैन यसको विकल्प समाजवाद हो त्यसका,निम्ति क्रान्तिकारी शक्तिहरु छिन्नभिन्न भएर होइन सम्पूर्ण माओवादी घटकहरु एकठाउँमा उभिदै समाजवादको साझा संकल्प बोकेर सम्पूर्ण क्रान्तिकारी कम्युनिस्ट देशभक्तहरुसंग एकाकार हुनु आजको आवस्यकता हो।’

त्यस्तै नेकपा माओवादी केन्द्रका भक्तपुर जिल्ला इन्चार्ज शुनिल बाबू गोथेले कम्युनिस्टहरु साम्राज्यवाद र उत्पीडित राष्ट्रको अन्तर बिरोध नै सबै कम्युनिस्ट हरुको साझा अन्तरविरोध हो भन्ने बुझ्दा पुझ्दै पनि भन्ने विभिन्न बाहानामा आफ्नो रोटो सेकिरहेको बताए।

उनले भने, ‘अहिलेको संकट कम्युनिस्ट हरुको फुटले पैदा गरेको झैँ लाग्छ त्यसका लागी सबै कम्युनिस्टहरु एकै ठाउँमा आएर देश भक्त र सम्पूर्ण उत्पीडित वर्गलाई साथमा लिएर समाजवादको यात्रा तय गर्न सके यो यो संकटको समाधान निकट भविष्यमै हुन्छ।’

उनले अहिले नेपालमा साम्राज्यवादी हस्तक्षेप बढेको भन्दै त्यसको प्रतिरोध कम्युनिस्टहरु फुटेर होइन जुटेर बृहत मोर्चा बनाएर गर्नुपर्ने बताए।

अन्त्यमा अन्तरक्रिया कार्यक्रमका अध्यक्ष तथा नेकपा केन्द्रीय सदस्य अखिल सीले कार्यक्रमको समापन गर्दै अहिलेको समाजवादी मोर्चा संसदीय व्यवस्थालाई रक्षा गर्न होइन संसदीय व्यवस्थामा रमाइरहेका कम्युनिस्टहरुलाई त्यहाबाट निकालेर समाजवादी यात्रामा लैजान बडो सुझबुझका साथ महासचिव विप्लवले अघि सारेको बताए। उनले भने यो मोर्चा नेपालमा विद्यमान दलाल संसदीय व्यवस्थालाई अन्त गरि नेपाली विशेसताको समाजवाद स्थापना गर्न लामवद्ध बृहत्तर मोर्चा हो। 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।