![](https://janapatrika.com/wp-content/uploads/2024/04/Messenger_creation_2b413ccc-96dd-4972-91dc-607c2148098c.jpeg)
धनगढी– नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले साम्राज्यवादले विज्ञानको विरुद्धमा धर्म प्रयोग गरेर नेपालमा कम्युनिस्ट परास्त पार्ने षड्यन्त्र गरिरहेको बताएका छन् ।
मङ्गलबार युवा संगठन नेपालको धनगढीमा जारी पाचौं राष्ट्रिय सम्मेलनको बन्दसत्रलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
उनले कम्युनिस्टहरुले नयाँ खोज अनुसन्धानमा जोड दिने र विज्ञानबाट प्रमाणित कुरालाई प्रयोग गर्दै जनतामा लागू गर्ने र धर्मका नाममा साम्राज्यवादले जनतामा छरेको भ्रमबाट मुक्त गर्ने भएकाले त्यो प्रयोगबाट साम्राज्यवाद अतालिएर विज्ञानका विरुद्ध धर्म प्रयोग गर्दै नेपालमा कम्युनिस्ट परास्त गर्ने षड्यन्त्र गरेको बताए ।
काठमाडौंमा अहिले चलिरहेको राजावादीहरुको आन्दोलनलाई इङ्गित गर्दै विप्लवले अहिले धर्म निरपेक्षता र प्राप्त उपलब्धिलाई फेरि पुरानै सामान्तको हातमा सुम्पिन चिहानमा पुगिसकेको शक्तिलाई उचालेर साम्राज्यवाद्ले बबन्डर मच्चाइरहेको बताए ।
उनले भने,”अहिले हारेका चिहानमा पुगेका शक्तिले फेरि गुमेको साम्राज्य फर्काउन, प्राप्त उपलब्धीलाई बदनाम गराएर त्यसलाई गलत सिद्ध गरेर फेरिपनि राजा फर्काउन सकिन्छ कि भन्दै बबन्डर गरिरहेका छन् ।”
उनले नेपालमा धर्म निरपेक्षता र राजा फर्काउन युरोपेली युनियन र भारतियहरु घुडा धसेर लागिपरेको आरोप समेत लगाए ।
महासचिव विप्लवले धर्म र संस्कृति र विज्ञान फरक कुरा हुन् यो कुरालाई आम जनतासामु गएर मसिनोगरी बुझाउन जरुरी रहेको जिकिर समेत गरे ।
उनले भने,”अहिले हाम्रो पार्टीप्रति जनताको आशा ह्वात्तै बढेको हाम्रा अभियान र विचार दृष्टिकोणबाट जनता आशावादी छन्, अब युवा नौजवानहरुले निरासाको विरुद्ध लड्दै विश्वको बदलिदो परिस्थितिलाई बुझ्दै नेपालमा नै केही गर्न सकिन्छ नेपालमा केही छैन भन्दै पलायनको बाटो रोजिरहेका युवाहरुलाई हामी आफ्नै बलबुतामा देशभित्रै प्रशस्त सम्भावना सिर्जित गर्दै आत्मविश्वास जगाउनु पर्छ।”
सम्मेलनमा विभिन्न जिल्ला ब्युरोबाट प्रतिनिधित्व गरेर बन्दसत्रमा आएका युवाहरूलाई उत्साह थप्दै काठमाडौंमा निस्केको हारेका शक्तिको रोनाधोना जस्तो यो उपस्थिति नभएको बताए ।
उनले थपे,”यो हारेका राजावादी शक्तिले काठमाडौंमा गरेको रोनाधोना होइन अब यो देश पछाडि होइन नेपाली विशेषताको समाजवादसहित अघि बढ्दै छ।” राजावादीहरुले बढि गरे भने त्यसको प्रतिरोध युवा संगठनले गर्नुपर्छ ।”
उनले अब यो देशमा कुनैपनि हालतमा राजा फर्किन सम्भव नभएको र त्यसो भए क्रान्ति पूरा नहुँदाका असफलताको फाइदा साम्राज्यवादले लिन्छु भन्ने सपना देखेको छ भने त्यसको प्रतिरोध नेकपाले गर्ने बताए ।
उनले देशलाई पछाडि फर्काउन उद्द्त कुतत्वहरुलाई धुलोपिठो पार्न युवाहरुलाई निर्देशन समेत गरे।
विप्लवले गएको चिजलाइ फर्काउदा जनताले पाएका सम्पुर्ण अधिकार गुम्ने कुरा मसिनोगरि बुझाउन सके साम्राज्यवादको षड्यन्त्रबाट जनता प्रभावित नहुने बताए ।
साम्राज्यवादले नेपालका युवाहरुलाइ निरासा बाड्दै यो देशमा केही हुन्न भन्ने भ्रम फैलाएर युवा पलायनतालाइ प्रसय दिराखेको छ त्यसैले आम युवाहरूलाई अमेरिका भगौडा बस्ने ठाउँ हो त्यहाँको २”४ करोड पैसाका लागि भौतारिन हुन्न भन्ने कुरा भरिदिनु पर्ने उनको तर्क थियो।
पछिल्लो समय नेपालको सुरक्षा सम्यन्त्रमाथी साम्राज्यवादी हस्तक्षेप बढेको र नेपालको सेना र राजनितिक दललाइ भिडाएर कु गर्ने सडेन्त्र रहेको खुलाशा समेत गरे ।
उनले भने,”इमानदार अफिसरहरुलाई पाखा लगाएर जर्नेल कर्नेलहरुलाई सकेर आफ्नो वर्चस्व कायम गरेर कु गर्ने र सैन्य वलमा संसदवाद टिकाउने सडेन्त्र हुदैछ त्यसको ससक्त प्रतिरोध जरुरी छ, नेपाली सेनाभित्र रहेका राष्ट्रवादी जर्नेलहरुलाई साम्राज्यवादी षड्यन्त्रवारे बुझाएर क्रान्तिमा लामवद्द गर्ने अठोट थप्न जरुरी छ।”
अन्त्यमा नेकपाले केही गर्दैन भन्नेहरुलाइ चुनौती दिदै बिप्लवले नेकपाले नगरेको भए एमसीसी गलत हो भनेर स्थापित कसले गर्यो एनसेलको ७२ अर्व राज्यलाइ कसले दिलायो साम्राज्यवादको हस्तक्षेप बिरुद्ध सतिसाल भएर को उभियो भन्दै प्रस्न समेत गरे।
सम्मेलनको बन्दसत्रमा नेकपाकी स्थायी समिती सदस्य तथा संगठनकी फ्याक्सन इन्चार्ज शिलु सी, पोलिट ब्युरो सदस्री तथा सेती ब्यूरो इन्चार्ज डवल सी, केन्द्रिय सदस्य तथा महाकाली ब्युरो इन्चार्ज समर सी, लगाएतको आतिथ्यता रहेको थियो।
अध्यक्ष मण्डलकी सदस्य तथा बन्दसत्रको अध्यक्ष सम्झना सीको अध्यक्षतामा सुरु भएको प्रशिक्षण सत्रमा नेकपाकी स्थायी समिती सदस्य शिलु सीले समेत आफ्नो प्रशिक्षणात्मक मन्तव्य राखेकी थिइन् ।