२२ बैशाख २०८१, शनिबार

मानिस विचारमा स्पष्ट भएन भने कम्युनिस्ट होइन कन्मिन्स हुन्छ : शिलु सी

0

नेपाल कम्युनिस्ट पार्टीकी स्थायी सदस्य तथा जनवर्गीय संगठन फ्याक्सन इन्चार्ज शीलु सीले मानिस आफ्नो विचारमा स्पष्ट भएन भने कम्युनिस्ट नभएर कन्मिन्स हुने बताएकी छन् ।

मङ्गलबार धनगढीमा जारी युवा संगठन नेपालको पाँचौ राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै नेत्री शिलुले यस्तो बताएकी हुन् ।

उनले आम मानिसहरु आफ्नो विचारमा कन्फ्युज भयो भने, आफ्नो आत्माविश्वास गुमायो भने कम्युनिस्ट नभएर साम्राज्यवाद प्रतिगामीहरुबाट कन्मिन्स हुने बताइन् ।

उनले बन्दसत्रलाई सम्बोधन गर्दै भनिन्,” मानिस आफैमा एक उत्कृष्ट विवेकशिल प्राणी हो उसले आफ्नो विचार र आत्माविश्वासमा कहिल्यै तलमाथि हुन दिनु हुँदैन त्यो मध्यपनी युवा नौजवानहरु आफ्नो विवेक, क्षामता र आफ्नो वर्गप्रति बफादार हुनुपर्छ यदी पश्चगामीको कुरामा विश्वास गर्याे भने, हाम्रो विचार सिद्धान्तमाथि गलत विचारले ठाँउ पायो भने हामी कम्युनिस्ट नभएर षड्यन्त्रकारीहरुसङ्ग कन्मिन्स हुन पुग्छौं । त्यसबाट हामी हाम्रो वर्ग बिर्सन्छौ। कम्युनिस्टले आफ्नो धरातल भुलेर साम्राज्यवादी, अवसरवादीहरुको बहकाउमा लाग्यौं भने हामी कम्युनिस्ट रहदैनौगव र अरुबाट कन्मिन्स हुन्छौं ।”

उनले युवाहरुमा युवा विशेषता, जोस, जागर र आत्माविश्वास हुनुपर्ने कुरामा जोड दिदै आम बेतिथिको विरुद्ध हस्तक्षेप गर्न सक्ने तागत युवाहरूमा हुनुपर्ने बताइन् ।

उनले भनिन् ,” व्यक्तिगत स्वार्थ त्यागेर समाजवादी अभियानमा लामवबद्ध भएर आफ्नो कम्युनिस्ट निस्ठा बचाउने कुरा चानचुने छैन । हामी समाजवाद चाहन्छौँ त्यसैले राजनीतिक, वैचारिक बौद्धिक सबै हिसाबले युवाहरुलाई सुसज्जित बनाएर अघि बढ्न सके दलाल पुजिवादी संसदिय व्यवस्थाको अन्त्य गर्दै नेपाली विशेषताको समाजवाद नेपालमा लागू गर्न लामो समय पर्खिनु पर्दैन । त्यसका निम्ति देशमा भैरहेको युवा पलायन रोक्न वैज्ञानिक योजना लागू गर्दै नेपालमै प्रशस्त सम्भावना छ भन्ने आशा जगाउन जरुरी छ ।”

उनले अहिले नेपाली क्रान्तिकारी युवाहरुको सामु सुनौलो अवसर भएकाले जहाँ अवसर हुन्छ त्यहाँ चुनौती झेल्नुपर्ने बताइन् ।

उनले थपिन्, हिजो हाम्रा कुरा सुन्थेनन् आज खोजी खोजी सुन्छन् हाम्रा सहि विचारलाई हामीले आम मान्छेमा स्थापित गरेका छौँ । सम्पूर्ण देशभक्त हाम्रा वरिपरी गोलबन्ध भएका छन् ।”

यो देशमा विद्यमान दलाल व्यवस्थालाई फाल्दै नेपाली विशेषताको समाजवाद स्थापना गर्न क्रान्तिका सम्पूर्ण अस्त्र प्रयोग गरि सम्पूर्ण बाटोहरु खुल्ला गर्दै यो देशको नेतृत्व आफ्नो पार्टीले लिने तयारी गरेको खुलाशा समेत गरिन् ।

अन्तमा नेता शिलुले हामी युवा नौजवानहरुले साना कुरामा अल्झिएर आफै माथिको विश्वास टुटाए प्राप्त उपलब्धि पनि गुम्ने खतरा रहेको बताइन् ।

चैत्र २४ गते उद्घाटन भएको पाचौं राष्ट्रिय सम्मेलनको आज बन्दसत्रको तेश्रो दिनमा प्रवेश गरेको छ ।
संगठनको राजनीतिक प्रतिवेदन प्रस्तुतसँगै सुरु भएको बन्दसत्र विभिन्न चरण पार गरि अब प्यानल प्रस्तावको नजिक पुगेको संगठनले जनाएको छ ।
अब केही बेरमा निर्वाचन मण्डल गठन हुनेछ त्यसका लागि स्थायी समिति सदस्य शिलु सीसहित आयोजक समितिको बैठक बस्ने तयारी भैरहेको बुझिएको छ ।

प्यानल प्रस्ताव आएसङ्गै त्यसलाई पारित गरेर समय रहेसम्म आजै पदाधिकारी चयन गरि सम्मेलनको समापन गर्ने कार्यतालिका रहेको आयोजक समिति संयाेजक पाटन सीले बताएका छन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।