२३ बैशाख २०८१, आईतवार

जारी केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यहरुले बोल्ने क्रम सकियो

0

कपिलवस्तु – नेपाल कम्युनिस्ट पार्टीको जारी केन्द्रीय समिति बैठकमा महासचिव विप्लव सीले प्रस्तत गरेको प्रस्तावमाथि केन्द्रीय सदस्यहरुले धारण राख्ने क्रम सकिएको छ । बैशाख ५ गतेदेखि सुरु भएको बैठकमा महासचिव विप्लवले २० पृष्ठ लामो प्रस्ताव पेस गरेका थिए । उक्त प्रस्तावमाथि केन्द्रीय सदस्यहरुले धारणा राख्ने क्रम सकिएको हो ।

आजको चिया ब्रेकभन्दा अघि उक्त प्रस्तावमा केन्द्रीय सदस्यहरुले धारणा राख्ने क्रम सकिएको नेकपा पोलिट ब्युरो सदस्य तथा अ.ने.म.संघ क्रान्तिकारीकी अध्यक्ष बन्धु सीले बताइन् । उनको अनुसार आज दिउँसो ३ बजेसम्म केन्द्रीय सदस्यहरुले धारणा राखेका थिए । ४ बजेदेखि पार्टीका सल्लाहकारले धारणा राखेका छन् ।

सल्लाहकारको धारणा राख्ने क्रम सकिएसँगै स्थायी समितिका सदस्यहरुले धारणा राख्नेछन् । त्यसपछि महासचिव विप्लवले केन्द्रीय सदस्यहरुले राखेको प्रश्न र जिज्ञासाको जवाफ दिने तालिका रहेको पार्टी स्थायी समिति सदस्य तथा जनप्रचार तथा प्रकाशन विभाग इन्चार्ज अनिल सीले बताए ।

पार्टी केन्द्रीय कार्यालय कपिलवस्तुमा जारी बैठकमा महासचिव विप्लवले ‘पार्टीलाई आन्तरिक रुपले सुदृढ गरौँ ! समाजवादको लागि फराकिलो मोर्चा निर्माण गरौं !!’ शिर्षकको राजनीतिक प्रस्ताव र ६ महिने आगामी योजनासहितको प्रस्ताव पेस गरेका थिए । सम्पूर्ण केन्द्रीय सदस्यहरुले उक्त प्रस्तावमा आ-आफ्नाे  धारणा राखेका छन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।