२४ बैशाख २०८१, सोमबार

संसदीय निर्वाचन पनि क्रान्तिको मोर्चा हो : शिलु सी

0

कपिलवस्तु – नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य शिलु सीले संसदीय निर्वाचन पनि क्रान्तिकै मोर्चा भएको बताएकी छन् । नेपाल कम्युनिस्ट पार्टीको ९औं केन्द्रीय समितिको पाँचौं पूर्ण बैठकमा आफ्नो धारणा राख्दै शिलुले यस्तो बताएकी हुन् ।

२०६४ सालमा नेपालमा जनसत्ता ल्याउने अवसर गुमाएको स्मरण गर्दै शिलुले आज फेरि अर्को अवसर आएको बताइन् । ‘२०६४ सालमा नेपालमा जनसत्ता ल्याउने अवसर थियो। त्यो काम हुन सकेन । आज फेरि त्यो अवसर आएको छ ।’, उनले भनिन्, ‘त्यसको लागि वर्ग सङ्‌घर्षले पैदा गरेका चुनौतीहरुको सामना गर्न र मालेमाको विकास गर्न आवश्यक छ।’

पार्टीको पक्षमा जनमत बढ्दै गएको बताउँदै उनले देशमा विद्यमान मध्यम वर्गसमेत पनि पार्टी प्रति आक्रषित भएको जिकिर गरिन् । ‘मध्यम वर्ग एकीकृत जनक्रान्ति ठिक हो भन्ने स्थानमा आएको छ । हाम्रो लागि यो ठूलो उपलब्धि हो ।’, उनले भनिन्, ‘हामीले कार्यादेशा, विचार, राजनीति, उत्पादन, संस्कृति धेरै क्षेत्रमा नयाँ अनुसन्धान गरेका छौं । विचार र नेतृत्व सही भयो भनेदेखि नसोचेका उपलब्धि प्राप्त हुन्छन् ।’

प्रचन्डले समेत पार्टीको कार्यदिशा र नेतृत्व स्विकार गर्न तयार भएको भन्दै यसलाई पनि उपलब्धी मान्नुपर्नेमा जोड दिइन् । दलाल पुँजीवाद र त्यसको मालिक सामाज्यवादलाई परास्त गर्न सवै वामपंथी, देशभक्त र कम्युनिस्टहरू बिच एकता र सहकार्य आवश्यक भएको बताउँदै जनबल र फार्टीको बल जोड्नु तर्क गरिन् ।

‘संसदीय निर्वाचनको विषय पनि कार्यदिशामा व्यक्त हुन सक्नु पर्दछ । शान्तिपूर्ण कार्यनीतिमा पनि विचार नै निर्णायक हुन्छ ।’, उनले भनिन्, ‘पार्टी एकता र ध्रुविकरणको लागि भौतिक अवस्था निर्णायक हुन्छ । अमेरिकी हस्तक्षेपले ध्रुविकरण हुन बाध्य पारिरहेको छ । हामी क्रान्तिप्रति आशावादी हुनु पर्दछ । कम्युनिस्ट आचारण र व्यवहार हुनुपर्दछ । ‘खराब आचारण र व्यवहार, खराब चिन्तन कै परिणाम हो’ भनिन्छ । हाम्रो विचार र नेतृत्व सही भयो र हामीले आँट गर्यों भने २१ औं शताब्दिको समाजवादी क्रान्ति नेपालमा हुनसक्छ ।’ बैठक पार्टी केन्द्रीय कार्यालय कपिलवस्तुमा बैशाख ५ गतेदेखि चलेको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।