२६ बैशाख २०८१, बुधबार

नेकपा महासचिव विप्लवलाई रसुवामा भव्य स्वागत

0

रसुवा – नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी हिमाली जिल्ला रसुवा पुगेका छन् । अबेर राती रसुवा पुगेका विप्लवलाई स्थानीय जनसमुदायले भव्य स्वागत गरेका छन् ।

जिल्लाको कालिकास्थानस्थित कालिका उच्च मा.वि.को सभाकक्षामा ‘समाजवादी अर्थव्यवस्था, चिलिमे मोडेल र आर्थिक रूपान्तरणमा जनसहभागिता’, विषयक गोष्ठिमा भाग लिन रसुवा पुगेका विप्लवलाई स्थानीय जनताले बाजागाजासहित भव्य स्वागत गरेका हुन् ।

शनिबार हुने कार्यक्रममा विप्लव सी प्रमुख अतिथि रहने छन् भने नेकपा (एस) का राजेन्द्र लोहनी, नेकपाका सागर सी, नेकपा (माके) का इन्द्र गौतमलगायतले मन्तब्य राख्ने कार्यक्रम रहेको छ । कार्यक्रम समाजवादी मोर्चा नेपाल, रसुवाको आयोजनामा हुन लागेको हो ।

विप्लव नुवाकोटमा सहिद परिवारलाई भेट्दै अवेर राती कालिकास्थान पुगेका हुन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।