११ श्रावण २०८१, शनिबार

मधेस प्रदेश स्तरिय प्रशिक्षण सुरू

0

बर्दिवास – नेकपा कम्युनिस्ट पार्टी मद्येस प्रदेशमा राजनीति-वैचारिक प्रशिक्षण कार्यक्रम सुरू भएकाे छ । पार्टी सुदृढीकरण तथा जनसम्बन्ध विस्तार अभियानकाे उद्घाटन गर्दै प्रशिक्षण कार्यक्रम सुरू भएकाे हाे ।

महोत्तरीको बर्दिबासस्थिति दिपक पार्टी प्यालेजमा आन्तरिक प्रशिक्षण कार्यक्रम सुरु भएको हो । कार्यक्रममा नेकपा महासचिव विप्लवको प्रमुख आतिथ्यता रहेको छ भने प्रशिक्षण कार्यक्रमको अध्यक्षता प्रदेश इन्चार्ज अनिल सीले गरेका छन् ।

पार्टीको पाँचौं पूर्ण बैठकले प्रदेश संरचना बनाएपछि देशभर प्रदेश स्तरिय प्रशिक्षण चलिरहेका छन् । प्रशिक्षण कार्यक्रममा महासचिव विप्लव, स्थायी समिति सदस्य तथा मद्येस प्रदेश इन्चार्ज अनिल सीले प्रशिक्षण दिने बताइएको छ ।

प्रशिक्षणमा प्रदेशभरका जिल्ला कमिटी सदस्यहरुको सहभागीता रहेकाे नेकपा पर्सा जिल्ला सेक्रेटरी फिरोज सीले बताए । कार्यक्रममा उपस्थित सबैलाई नेकपा केन्द्रीय सदस्य रामकुमार सीले स्वागत गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।