१२ श्रावण २०८१, शनिबार

सुदुरपश्चिममा ६ महिने पार्टी सुदृढीकरण तथा जनसम्बन्ध विस्तार अभियान उद्घाटन

0

धनगढी । नेपाल कम्युनिस्ट पार्टी सुदूरपश्चिम प्रदेशले ६ महिने पार्टी सुदृढीकरण तथा जनसम्बन्ध विस्तार अभियानको उद्घाटन गरेको छ । मंगलबार नेपाल कम्युनिस्ट पार्टी सुदूरपश्चिम प्रदेशले धनगढी उप–महानगरपालिका वडा नम्बर ७ बेलीमा रहेको चौधरी बस्तीमा ६ महिने पार्टी सुदृढीकरण तथा जनसम्बन्ध विस्तार अभियानको उद्घाटन गरेको हो । मंगलबार विहान नेकपाका स्थायी समिति सदस्य भरत सी, कक्षा ८ मा पढ्दै गरेकी उर्जावान विद्यार्थी अंगीता चौधरी र भलभन्सा शिवचरण चौधरीले संयुक्त रुपमा पार्टी सुदृढीकरण तथा जनसम्बन्ध विस्तार अभियानको संयुक्त रुपमा उद्घाटन गरेका हुन् । अभियानको उद्घाटन गर्दै स्थायी समिति सदस्य रणविरले जनता र पार्टीको सम्बन्ध विस्तार गर्न अभियानको सञ्चालन गरिएको बताए । जनताको अवस्था उस्तै छ, हामी जनताका लागि लडिरहेका छौँ जनताको जीवनस्तर उकास्न जरुरी भएको बताए । निर्वाचनमा जनताका माझ जाने र सत्तामा गइसकेपछि जनतालाई बिर्सने पार्टीका नेताहरुको संस्कारलाई तोड्न जरुरी भएको बताए ।

समाजवाद ल्याउनका लागि दलाल पुजीवादको अन्त्य हुन जरुरी भएको बताउदै उनले कमिसनको लोभमा नेपालमा केही गर्न नचाहने प्रवृतिको अन्त्य गरिनु पर्ने बताए । आफुलाई शिर्ष स्थानमा राखेर मन्त्री बन्ने सांसद बन्ने लोभमा परेर सबै पार्टी भित्र भाडभैलो मच्चिएको बताउदै उनले नेपाल कम्युनिष्ट पार्टी जनताको पार्टी भएकाले जनताको घरदैलोमा आएको बताए । जनता जनार्दन हुन्, जनतालाई देखाएर खाने संस्कारको अन्त्य गर्दै जनतालाई अधिकार सम्पन्न बनाउन ६ महिने पार्टी सुदृढीकरण तथा जनसम्बन्ध विस्तार अभियानको उद्घाटन गरिएको बताए । युवाहरुलाई विदेश पलायन गराएर गाउँमा मलामी नपाउने अवस्था आएको बताउदै उनले युवाहरुलाई नेपालमा रोक्नु पर्ने बताए । जनताको लागि पार्टी बनाउने उद्देश्यका साथ जनसम्बन्ध जोड्न र जनताका समस्यासँग एकाकार हुन नेता कार्यकर्ता गाउँबस्तीमा केन्द्रित भएको बताए ।

पार्टीको केन्द्रिय योजना अनुसार सात वटै प्रदेशमा अभियानको उद्घाटन गरिने बताउदै उनले देश र जनताको मुक्ति नहुँदासम्म रगत बगाउन परेपनि पछि नपर्ने बताए । राष्ट्रिय जागरण ल्याउन र आत्मनिर्भर बन्न पनि अभियानको उदेश्य भएको बताउदै उनले कुसंस्कार कुरितिका पछाडि नलागि वैज्ञानिक सोच र विचारका साथ अगाडि बढ्नु पर्ने बताए । उनले कुनै जाति नभई सबै एउटै जाति सी जाति बनाउन सी संस्कृतिको विकास गर्दै पार्टी अगाडि बढेकाले जनताको साथ समर्थनको आवश्यकता भएको बताए । जनताको जीवनमा सुख शान्ति र सम्बृद्धी नआउँदासम्म निरन्तर लडिरहने प्रतिबद्धता जाहेर गर्दै उनले जनताको पार्टीले जनताका लागि निर्वाचनलाई समेत क्रान्तिको मोर्चाको रुपमा उपयोग गर्ने बताए ।

 त्यसैगरी पार्टीका पोलिट ब्युरो सदस्य विकल्प सीले नेपाल कम्युनिष्ट पार्टी र जनताको सम्बन्ध नङ र मासुको सम्बन्ध भएको बताउदै यसलाई थप सुदृढ बनाउन ६ महिने पार्टी सुदृढिकरण तथा जनसम्बन्ध विस्तार अभियान सुरु गरिएको बताए । उनले सबै खाले विकृति, विसंगति र अन्याय, अत्याचारको विरुद्ध जनता र पार्टीको सँम्बन्ध प्रगाढ बनाएर अगाडि बढ्नु पर्ने भएकाले अभियानलाई सफल पार्न आग्रह गरे । त्यसैगरी भलभन्सा शिवचरण चौधरीले खानलाई जतिसुकै पार्टी भएपनि देश र जनताका पक्षमा बोल्ने कम्युनिष्ट पार्टी मात्रै भएको बताए । उनले जनताका लागि पार्टीले संघर्ष गर्दै आएको बताउदै पाकेको फल सबैले खान खोज्ने बताए । नेपाल कम्युनिट पार्टी पाक्न लागेको फल हो, पाकी सकेपछि खान आउनेको लाइन लाग्नेछ उनले भने । त्यसैगरी अभियान उद्घाटनको क्रममा आठ जना अनाथ बालबालिकाहरुलाई कापीकलम वितरण गरिएको छ ।

राष्ट्रिय माध्यमिक विद्यालय बेलीमा कक्षा ७ मा अध्ययनरत रामलाल चौधरी, रितु चौधरी, लाल राना, विक्रम सार्की र तिर्थ रावत, कक्षा ८ मा अध्ययनरत , अंगीता चौधरी, प्रिती राना र कक्षा ६ मा अध्ययानरत पार्वती रावतलाई कापीकलम वितरण गरिएको हो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।