११ श्रावण २०८१, शनिबार

नेकपा गण्डकी प्रदेशको जनसन्बन्ध विस्तार अभियान उद्घाटन तथा प्रशिक्षण सुरु

0

पोखरा- नेपाल कम्युनिस्ट पार्टी गण्डकी प्रदेश समितिको पार्टी सुदृढीकरण, जनसम्बन्ध विस्तार अभियान तथा राजनीतिक वैचारिक प्रशिक्षक सुरु भएको छ ।
मङ्गलबार पोखराको सहिदचोकस्थित एक सभाहलमा सुरु भएको अभियान उद्घाटन तथा प्रशिक्षण कार्यक्रम उद्घाटन कार्यक्रममा नेकपाका स्थायी समिति सदस्य तथा गण्डकी प्रदेश इन्चार्ज शिलु सीको अध्यक्षता तथा प्रमुख आतिथ्यता रहेको छ ।
कार्यक्रममा नेकपा गण्डकी प्रदेश अन्तर्गतका ११ ओटा जिल्लाका जिल्ला इन्चार्ज, सेक्रेटरी र जिम्मेवार जिल्ला सदस्यहरुको उत्साहजनक सहभागिता रहेको छ ।
कार्यक्रममा स्थायी समिति सदस्य शिलु सी र पोलिट ब्युरो सदस्यहरुले प्रशिक्षणात्मक मन्तव्य राख्ने कार्यक्रम रहेको नेकपाका केन्द्रीय सदस्य तथा गोरखा जिल्ला इन्चार्ज कपिल सीले जानकारी दिएका छन् ।
अहिले नेकपाको नवौं केन्द्रीय समितिको पाँचौ पूर्ण बैठकबाट पारित राजनीतिक प्रस्ताव तथा परिपत्र वाचन भइरहेको छ यो वाचन सकिए लगतै प्रशिक्षाणत्मक मन्तव्य सरु हुनेछ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।