७ जेष्ठ २०८१, सोमबार

खेलाडीको सेवा सुविधा बढाउन माग गर्दै युवा संगठनको प्रदर्शन

0

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन, युवा संगठन नेपालले खेलाडीको सेवा सुविधा बढाउन माग गर्दै प्रदर्शन गरेको छ । मंगलबार राष्ट्रिय खेलकुद परिषद अगाडि युवा संगठन नेपालले खेलाडीको सुविधा बढाउन माग गर्दै प्रदर्शन गरेको हो ।

प्रदर्शनमा राष्ट्रिय टीमका खेलाडिलाई आवासको व्यवस्था गर, राष्ट्रिय टीमका प्रशिकलाई सेवा सुविधा उपलव्ध गर, त्रिवि क्रीकेट मैदानमा भौतिक पुर्वाधार निर्माण गर, राष्ट्रिय टीमका प्रशिक्षक र खेलाडिहरुको परिवारलाई स्वास्थ्य उपचारको व्यवस्था गर, खेलाडिलाई निरासा होइन हौसला देउ, राजनीति भगवण्डा होइन अवसर देउ, खेल जगतलाई प्रोत्साहन गर, भ्रष्टाचार होइन लगानी गर, युवा संगठन नेपाल जिन्दावाद, एकीकृत जनक्रान्ति जिन्दावादका नारा लगाएका थिए ।

प्रदर्शन पछि सम्बोधन गर्दै युवा संगठन नेपालका अध्यक्ष दिनेश सीले खेलकुद क्षेत्रमा भएका राजनीति भाग वण्डा नगर्न राखेपलाई चेतावनी दिएका थिए । उनले राष्ट्रिय टीमका प्रशिक्षकलाई राज्यले सेवा सुविधा दिनु पर्ने र घरपरिवारको स्वास्थ्य सेवालाई निशुल्क बनाउनु पर्ने बताए । सबै क्षेत्रमा खेलकुद रंगशाला बनाउनु पर्ने, टियु क्रीकेट रंगशालालाई यथासिघ्र निर्माण गर्नु पर्ने र राज्यले खेलकुद क्षेत्रमा लगानी बढाउनु पर्नेमा जोड दिएका थिए ।

अर्को सन्दर्भमा दिनेशले मन्त्रीलाई आवास चाहिने खेलाडिलाई नचाहिने किन ? भन्दै प्रश्न गरेका थिए । ‘मन्त्रीले के गरेका छन् ? केवल देश कंगाल मात्र बनाउन जानेका छन् । जसले देशको सान र गौरव उच्च राख्न खेल क्षेत्रबाट देशलाई चिनाएका छन् तिनलाई आवास विहिन बनाउन हुँदैन । तत्काल खेलाडीका लागि आवासको व्यवस्था गर्नुपर्छ ।’, उनले भने ।

कार्यक्रमको संचालक युवा संगठन नेपाल केन्द्रीय सचिव अनिलले गरेका थिए । कार्यक्रममा अखिल (समाजवादी) का सचिव अटल सीसहित विद्यार्थीको पनि उपस्थिति रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।