३ आश्विन २०८१, बिहीबार

दाङमा पार्टी ध्रुवीकरण तीव्र, पिएलएकी कमान्डरसहित २ जना नेकपामा प्रवेश

0

दाङ । दाङमा पुष्पकमल दाहाल (प्रचण्ड)नेतृत्वको नेकपा (माओवादी केन्द्र)का कार्यकर्ताले पार्टी परित्याग गरेका छन् ।
सोमबार घोराही – ९ बस्ने पुर्व जनमुक्ति सेना नेपालकी कम्पनी कमान्डर शिला विक र नेकपा (एमाले) सम्बद्ध युवा संघका जिल्ला सदस्य बिष्णु केसीले आ-आफ्नो पार्टी परित्याग गरि विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेको घोषणा गरेका हुन् ।

नेकपा घोराही उपमहानगरपालिका अन्तर्गत वडा नं.९ को प्रथम पुर्ण बैठकको अवसर पारेर पार्टी प्रवेश गरेकाहरुलाई नेकपाका केन्द्रीय सदस्य एवम दाङ क्षेत्र नं.२ का इन्चार्ज पाटन जंगली सी लगाएतले पार्टीमा स्वागत गरेका थिए ।

पार्टी प्रवेशबारे बोल्दै पुर्व जनमुक्ति सेना नेपालकि कम्पनी कमान्डर विकले जनयुद्धको अधुरो कार्यभार अब विप्लवले मात्रै पूरा गर्ने भएकाले माओवादी केन्द्र परित्याग गरि नेकपामा समाहित भएको बताएकि छन् ।

नेपालमा संसदीय व्यवस्थाको विकल्पमा विप्लवले अघि सारेको नेपाली बिशेषताको समाजवादको भएको समेत उनको भनाई थियो ।

यस्तै नेकपा घोराही -९ को प्रथम पुर्ण बैठकले वडा लघुवित्त, मिटरव्याज, गुण्डागर्दी, सामाजिक विभेद, विकृति, विसंगतीका विरुद्ध संघर्ष गर्ने निर्णय गरेको जनाएको छ ।

बैठकले पार्टीको तेस्रो आवधिक योजनाका कामहरु प्रभावकारी ढंगले गर्ने, जिल्ला बैठकले गरेका निर्णय अक्षरंश कार्यान्वयन गर्ने, नेताकार्यकर्तालाई उत्पादनमा जोड्दै आत्मनिर्भरताको दिशामा अघि बढ्ने, टोलटोलमा समाजवादका पक्षमा अभियान सञ्चालन गर्ने निर्णय समेत गरेको पार्टीका वडा इन्चार्ज हरि सीले जानकारी दिए ।

बैठकमा प्रशिक्षण मन्तव्य व्यक्त गर्दै पार्टीका केन्द्रीय सदस्य एवम दाङ क्षेत्र नं.२ इन्चार्ज पाटन सीले गाउँगाउँमा संसदीय व्यवस्थाको भण्डाफोर गर्दै समाजवादको प्रचारप्रसार गर्न कार्यकर्तालाई निर्देशन दिए ।

उनले नेपालको दलाल पुजीवादी राज्यसत्ताको समुल नष्ट नगरी मुलुकमा शान्ति, समृद्धि, स्थिरता, स्वाधीनता प्राप्त गर्न नसकिने समेत बताए ।

बैठकको सहजीकरण पार्टीका वडा सेक्रेटरी ठाकुर सीले गरेका थिए भने बैठकमा वडा इन्चार्ज हरि सीको समेत सहभागिता रहेको थियो ।

पार्टीका केन्द्रीय सदस्य एवम दाङ २ नं. निर्वाचन क्षेत्र इन्चार्ज पाटन जंगली सीको प्रमुख आतिथ्यतामा बसेको बैठकमा पार्टीका केन्द्रीय प्रतिनिधि सदस्य एवम घोराही उपमहानगरका इन्चार्ज विकास सी, सेक्रेटरी महान सी लगाएतका नेताकार्यकर्ताको उपस्थिती रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।