२२ भाद्र २०८१, शनिबार

जनपत्रिकाको नयाँ अङ्क बजारमा

0

काठमाडौं – जनपत्रिका मासिकको नयाँ अङ्क बजारमा आएको छ । असारको पहिलो साता जनपत्रिकाको जेठ अङ्क बजारमा आएको हो ।

पत्रिकाको यो अङ्कको आवरणमा नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीलाई मद्येस प्रदेशको बर्दिवासमा जनताले गरेको सम्मान र स्वागतको तस्विर राखिएको छ । साथै, नेकपाको ९औं केन्द्रीय समितिको पाँचौं पूर्ण बैठकले गरेको निर्णय अनुसार स्थायी समिति सदस्यहरुले विभिन्न मन्चहरुमा राखेका धारणाहरुलाई समेटेर फिचर तयार पारिएको छ ।

नेपाल स्थायी समिति सदस्य तथा गण्डकी प्रदेश इन्चार्ज शिलु सीको ‘माक्र्सवादी र समाजवादी शिक्षाको महत्व’ शीर्षकको निकै उपयोगी लेख छापिएको छ । शिलुको लेखमा शिक्षामा माक्र्स, लेनिन, क्रुस्सकाया नदेज्मा, चेर्नीभस्कीका विचारसहित नेपालको शिक्षा नीतिको गहन र अनुसन्धानमूलक चिरफार गरिएको छ ।

दिल सहानीले ‘जितगढीको इतिहासको रक्षा गर्ने प्रश्न’ शीर्षकमा लेखिएको अर्को सामाग्री जनपत्रिकाको जेठ अङ्कमा छापिएको छ । साथै, नेता प्रकाश शाहीको रूस भ्रमणको संस्मरण लगायतका सामाग्रीले यो अङ्कमा निकै पठनीय बनेको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।