२३ भाद्र २०८१, आईतवार

पछिल्लो समय मधेशमा भएको श्रृङ्खलाबद्ध अपराधिक घटनाप्रति नेकपाको चासो

0

 

काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी मधेश प्रदेशले केहि समययता मधेश प्रदेशमा श्रृङ्खलाबद्ध रुपमा हत्या, हिंसा, अपहरण र लुटपाटका घटनाहरू भइरहेकोप्रति सम्बन्धित सरोकारवाला निकायलाई जिम्मेबार बन्न र भारत–नेपाल सीमा नियमन गर्न अनुरोध गरेको छ ।

बुधबार नेकपा मधेश प्रदेशले विज्ञप्ति जारी गर्दै विगतमा जातिय विभाजन ल्याएका तत्वहरू आज हत्या, अपहरण, लुटपाट थोपरेर अस्थिरता र त्यसको जगमा प्रतिगमन र राष्ट्रघात थोपर्न खोजेको ठहरसहित सरोकारवाला निकायलाई जिम्मेबार बन्न र भारत–नेपाल सीमा नियमन गर्न अनुरोध गरेको हो।

नेकपाका स्थायी समिति सदस्य तथा मधेश प्रदेश इञ्चार्ज अनील सीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, धेरैजसो घटनामा सीमा पारिका पेशेवर अपराधीहरू संलग्न भएको आशंका भएको छ । असार १६ गते जनता मा.वि. मा कक्षा ७ मा अध्ययनरत छात्रा सपना मण्डलको अपहरण भयो । तर अझैसम्म उनको स्थिति अज्ञात छ । वैसाख १६ गते जनकपुर – २३ बेङ्गासीपुरको एक बैङ्गबाट ८० लाख रुपैयाँ लुटपाट भयो । त्यसैगरी केहिदिन अगाडि रौतहटमा एकजनाको हत्या भयो । त्यसैगरी जेठ ३२ गते बाराका लोकप्रीय शिक्षक हरिभूषण कुसवाहको दिनदहाडै हत्या भयो । तर आजसम्म अपराधीहरू पत्ता लगाइएको छैन् । यसप्रकारका घटनाहरू बढ्दै गएका छन् ।”

अपराधीहरूको मनोबल बढ्दै गएको छ र जनता आतङ्कित र असुरक्षित महसुस गरिरहेका छन् । यसैबिच साउन ५ गते आइतबार पूर्व–राज्यमन्त्री रामचन्द्र रायको सर्लाही जिल्लाको आफ्नै निवासमा हत्या भएको छ र एक साता बितिसक्दा पनि अपराधीहरू पत्ता लागेको छैन । यसप्रकारको घटना र अवस्थाले स्थानीय प्रशासन र प्रहरी असफल भएको अनिल सी द्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ।

मधेश सरकार जनताको जिउधनको रक्षा गर्न जिम्मेवार नभएको र सङ्घिय सरकारले कुनै चासो नदेखाएको बताउँदै सम्बन्धित सरोकारवाला निकायलाई जिम्मेबार बन्न, भारत–नेपाल सीमा नियमन गर्न नेकपा मधेशले विज्ञप्ति मार्फत माग गरेको छ ।

अनिल सीद्वारा जारी विज्ञप्तिको अन्त्यमा भनिएको छ, सञ्चारकर्मी, जनपक्षधर पार्टीहरु, बुद्धिजीविहरूलाई संयुक्त रूपमा जनसुरक्षार्थ पहल लिन अपिल गर्दछ । विगतमा जातिय विभाजन ल्याएका तत्वहरू आज हत्या, अपहरण, लुटपाट थोपरेर अस्थिरता र त्यसको जगमा प्रतिगमन र राष्ट्रघात थोपर्न खोजेका छन् भन्ने हाम्रो ठहर छ । तसर्थ प्रतिरोधमा उत्रन सबैसँग हाम्रो पार्टी अपिलसमेत गर्दछ ।

यस्तो छ नेकपा मधेश प्रदेशद्वारा जारी विज्ञप्तिको पूर्ण पाठ-

 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।