२२ भाद्र २०८१, शनिबार

रुपन्देहीको सियारी र सुद्धाेधनमा समाजवादी मोर्चा गठन

0

बुटवल/ विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी सहित वाम दलहरू सम्मेलित समाजवादी मोर्चा नेपालको जिल्ला तथा पालिकास्तरीय समिति गठन अन्तर्गत रुपन्देहीको सियारी र सुद्धोधनमा गाउँपालिका स्तरीय मोर्चा गठन भएको छ ।
जसमा सियारीमा नेकपा गाउँ कमिटी इन्चार्ज मुकेश सीको अध्यक्षतामा र सुद्धोधन गाउँपालिकामा नेकपा माओवादी केन्द्रका मणिप्रसाद खनालको अध्यक्षतामा समाजवादी मोर्चा गठन भएको हो ।
सियारीमा मुकेश सी नेतृत्वमा मोर्चामा आवद्ध दलबाट एकजना महिला सहित ३/३जना रहेको ९ सदस्यीय गाउँ समिति गठन भएको छ । जसमा नेकपाबाट दिपक सी, सबित प्रधान, नेकपा माओवादी केन्द्र बाट यज्ञ बहादुर थापा, चित्र कुमारी भुसाल, राम बहादुर थारु, नेकपा एकीकृत समाजवादीबाट बिजय कुमार यादव बुद्धिराम यादव र तुलसीराम यादव रहेका छन् ।
यस्तै सुद्धोधनमा नेकपा माओवादी केन्द्रका मणिप्रसाद खनालको नेतृत्वमा १/१ जना महिला सदस्य सहित ९ सदस्यीय गाउँ समिति गठन भएको छ। जसमा नेकपाका छवि सी, इश्वरी सी उमा सी, नेकपा माओवादी केन्द्रका चिन्तामणी गैरे, शारदा घिमिरे रहेका छन् ।
मोर्चाको घोषणा कार्यक्रम नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्यूरो सदस्य तथा समाजवादी मोर्चा नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष वसन्त सीको प्रमुख आतिथ्यता भएको थियोे। उक्त कार्यक्रममा नेकपा केन्द्रीय सदस्य तथा समाजवादी मोर्चा रुपन्देही अध्यक्ष शरद सी, नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक निर्मल जिसी, एकीकृत समाजवादीका केन्द्रीय सदस्य एवं जिल्ला उप सचिव टंक पोख्रेल, नेकपा जिल्ला सेक्रेटरी बिरेन्द्र सी नेकपा माओवादी केन्द्रका प्रदेश सचिवालय सदस्य तिर बहादुर रोकाय लगायतको उपस्थिति रहेको थियोे भने नेकपाका जिल्ला सदस्य तथा सियारी/सुद्धोधनका इन्चार्ज मुकेश सीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियोे ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।